मेष राशिः शारीरिक समस्या केही बढ्ला । बादविवादबीच काम होला । सहयोगीबाट सोचेअनुसार सहयोग नपाइएला । स्वार्थी व्यक्तिको फन्दामा परिएला ।
वृष राशिः नसोचेका ठाउँबाट सफलता प्राप्त होला । धनमाल, बस्तु आउलान् । नयाँ काम गर्ने जोशजाँगर मिल्ला । इष्टमित्रबाट सुख, सहयोग प्राप्त होला ।
मिथुन राशिः पठनपाठनमा अरुचि होला । आफन्तले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा दिक्दारी मात्र लाग्ला ।
कर्कट राशिः अन्न तथा बस्त्र लाभ होला । दौडधुपपछि काम सम्पन्न नहोला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।
सिंह राशिः स्वास्थ्य कमजोर होला । धन मालबस्तुमा हानी होला । आफन्तसँग मनमुटाव होला । मानसिक चिन्ता पर्ला । अपमान सहनुपर्ला ।
कन्या राशिः अतिथिको सेवा गर्ने मौका मिल्ला । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह बढ्ला । मनोरञ्जनात्मक क्षेत्रमा धन र समयको खर्च होला ।
तुला राशिः विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा शान्ति मिल्ला । आर्थिक पक्ष मजबुत बन्ला । मनमा उत्साह बढ्ला । थालेका काम सफल होलान् ।
वृश्चिक राशिः प्रशासनिक क्षेत्रबाट साथ नहोला । धन र समय खर्च होला । घरपरिवारका सदस्यबाट धोका होला । दुःखपूर्ण तरिकाले काम सम्पन्न होला । बसेको ठाउँ परिवर्तन गर्नु पर्ला ।
धनु राशिः आर्थिक संकट सामना गर्नुपर्ला । रोगले सताउला । चिन्ता बढेर जाला । विरोधीले काममा बाधा गर्लान् । धननाश हुनाले मनमा चिन्ता पर्ला । कष्टकर यात्रा गर्नु पर्ला ।
मकर राशिः नयाँ इष्ट मित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । व्यापार तथा व्यवसायबाट प्रगति होला ।
कुम्भ राशिः विरोधीहरु कमजोर होलान् । मित्रको सुखद तथा सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्ने जाँगर वृद्धि होला । धनमाल प्राप्त होलान् । मनमा हर्ष होला । नसोचेको काम बन्ला ।
मीन राशिः मनमा अनावश्यक कुराले बास गर्ला । साथीसंगतीसँग झगडा होला । मानसिक चिन्ता पर्लान् । खानपानसम्बन्धी समस्याले सताउला ।