मेष राशिः स्वार्थी व्यक्तिको फन्दामा परिएला । सहयोगीबाट सोचेअनुसार सहयोग नपाइएला । शारीरिक समस्या केही बढ्ला । बादविवादबीच काम होला ।
वृष राशिः इष्टमित्रबाट सुख, सहयोग प्राप्त होला । नयाँ काम गर्ने जोशजाँगर मिल्ला । नसोचेका ठाउँबाट सफलता प्राप्त होला । धनमाल, बस्तु आउलान् ।
मिथुन राशिः मनमा दिक्दारी मात्र लाग्ला । आफन्तले सहयोग गर्लान् । पठनपाठनमा अरुचि होला । अशुभ समाचार सुन्नुपर्ला ।
कर्कट राशिः मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला । दौडधुपपछि काम सम्पन्न नहोला । अन्न तथा बस्त्र लाभ होला ।
सिंह राशिः धन मालबस्तु हानी होला । अपमान सहनु पर्ला । मानसिक चिन्ता पर्ला । स्वास्थ्य कमजोर होला । आफन्तसँग मनमुटाव होला ।
कन्या राशिः मनमा उत्साह बढ्ला । स्वादिष्ट भोजन प्राप्त होला । मनोरञ्जनात्मक क्षेत्रमा धन र समयको खर्च होला । अतिथिको सेवा गर्ने मौका मिल्ला ।
तुला राशिः आर्थिक पक्ष मजबुत बन्ला । विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । थालेका काम सफल होलान् । मनमा शान्ति मिल्ला ।
वृश्चिक राशिः दुःखपूर्ण तरिकाले काम सम्पन्न होला । बसेको ठाउँ परिवर्तन गर्नु पर्ला । प्रशासनिक क्षेत्रबाट साथ नहोला । धन र समय खर्च होला । घरपरिवारका सदस्यबाट धोका होला ।
धनु राशिः कष्टकर यात्रा गर्नु पर्ला । धननाश हुनाले मनमा चिन्ता पर्ला । आर्थिक संकट सामना गर्नुपर्ला । रोगले सताउला । विरोधीले काममा बाधा गर्लान् । चिन्ता बढेर जाला ।
मकर राशिः व्यापार तथा व्यवसायबाट प्रगति होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । नयाँ इष्ट मित्रसँग भेट होला ।
कुम्भ राशिः नसोचेको काम बन्ला । धनमाल प्राप्त होलान् । मनमा हर्ष होला । विरोधीहरु कमजोर होलान् । मित्रको सुखद तथा सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्ने जाँगर वृद्धि होला ।
मीन राशिः खानपानसम्बन्धी समस्याले सताउला । मानसिक चिन्ता पर्लान् । मनमा अनावश्यक कुराले बास गर्ला । साथीसंगतीसँग झगडा होला ।