निर्मला हत्या प्रकरण प्रवक्ता सुवेदीले मुख खोले

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्त हत्याको अनुसन्धानमा प्रहरी नजिक पुगेको छ । करिब ४ महिनापछि प्रहरीलाई यो सफलता प्राप्त भएको छ । तीन दिनअघि पक्राउ परेका निर्मलाका छिमेकी प्रदिप रावल र अन्य संदिग्ध व्यक्तिमाथिको अनुसन्धानमा प्रहरी घटना नजिक पुगेको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार शंकास्पद व्यक्तिहरुमाथिको अनुसन्धान साँघुरिएको छ ।

प्रहरीले पक्राउ परेका चारैजनालाई काठमाडौंमा झिकाएर अनुसन्धानलाई जारी राखेको छ । केही व्यक्तिहरुले हत्या स्वीकार गरिसकेको स्रोतले जनाएको छ । उनीहरुको डिएनए परिक्षणका लागि प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । डिएनएको नतिजाले प्रहरीलाई थप सफलता मिल्नेछ । निर्मला पन्तको बलात्कार सामुहिक भनिएकाले कहिलेकाहीँ डिएनए मिल्न नसक्ने समेत प्रहरीको दाबी रहेको छ ।

अनुसन्धानको दायरालाई फराकिलो पार्दै साघुँरो बिन्दुमा पु¥याएको प्रहरी प्रवक्ता सुवेदीले जनता समाचार डटकमलाई जानकारी दिनुभयो । पक्राउ परेका चारैजना लागुपदार्थ दुव्र्यसनी रहेको प्रहरीको भनाइ रहेको छ । घटनाको नजिक पुगेतापनि उनीहरुलाई सार्वजनिक गर्ने बिषयमा प्रहरीले जानकारी दिएको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…