कृषि उत्पादनमा जोड दिन प्रदेश सरकार सक्रिय

प्रिमेश शिवाकोटी
रौतहट । चन्द्रपुर–८ मा रहेको जिल्लाकै ठुलो कृषि सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सन्तपुरमा भएको सभाको प्रदेश नम्बर २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले उद्घाटन गर्नभएको थियो । उद्घाटन कार्यक्रममा सहकारी मार्फत कृषि क्षेत्रमा लगानी गरेर दोब्बर उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारको रहेको मन्त्री यादवले बताउनुभयो ।

प्रदेश नम्बर २ कृषिको लागि उर्वरभुमी रहेकाले पनि कृषि उत्पादनमा जोड दिन प्रदेश सरकार लागिपरेको मन्त्री यादवले बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य धनलाल ठोकरले प्रदेश लाई सम्बृद्ध बनाउन सहकारी संस्थाको भुमिका महत्वपुर्ण हुने भएकाले स्थानीय सरकार र प्रदेश सरकारले सहकारी संस्थासँग हातेमालो गर्नु पर्ने धारण राख्नुभएको थियो ।। प्रदेशसभा सदस्य शेष अब्दुल कलाम आजादले सहकारी मार्फत नागरिकको जीवनस्तर उकास्न सकिने भएकाले सरकारको ध्यान सहकारीको विकासमा जानुपर्ने बताउनुभयो । सभामा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरती चौधरी, ८ नम्बर वडाका अध्यक्ष पासपात चौधरी, नवविकास साकोसका अध्यक्ष देबबहादुर सापकोटा, संकल्प साकोसका अध्यक्ष विभु पोखरेल, कृषि सहकारी संघ रौतहटका अध्यक्ष जगरनाथ भेडिया पाल, शुबलाल उच्च माध्यमिक बिद्यालयका प्राध्यानाध्यापक देवानन्द चौधरी, साना किसान लघु बित्त विकास वित्तिय संस्थाका अधिकृत बिष्णु कालाखेती, सुरक्षा निकायका प्रमुख, पत्रकार र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा अध्यक्ष धु्रब कोइरालाले आर्थिक वर्ष ०७४÷७५ मा गरेका कार्य र आर्थिक वर्ष ०७५/०७६ को प्रस्तावित कार्यक्रम र बजेटसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थामा ४ सय ३६ वटा समुहमा २ हजार ७ सय ९४ जना शेयर सदस्य रहेका छन् । संस्थाको आर्थिक वर्ष ०७४/०७५ मा २४ करोड ५८ लाख, १० हजार ऋण लगानी र १९ करोड ५८ लाख ७ हजार कुल सावा रहेको छ भने ४ करोड ८ लाख ९६ हजार ब्याज असुली र ३२ करोड ८५ लाख ७ हजार वर्षको अन्त्यमा संस्थाको सदस्यमा लगानी सहितको ऋण रहेको जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…