विवाह महोत्सव आरम्भ

जनकपुर । सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव शुरु भएको छ ।

विवाहपञ्चमीको पहिलो दिन जनकपुरधाम नगर दर्शन कार्यक्रम शुरु भएको छ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जानकी मन्दिरमा नगर दर्शन उदघाटन गर्दै विवाहमहोत्सव विधिवतरुपमा शुरु गर्नु भयो ।

नगर दर्शनमा राम र लक्ष्मणको प्रतीकका रुपमा श्रृंगार गरेर जनकपुरधामको विभिन्न भाग घुमाइन्छ । नगर दर्शन हेर्न भीड लाग्ने दर्शनार्थीले रामलक्ष्मणलाई फूलले स्वागत गर्ने परम्परा छ ।

त्यस्तै, सप्ताहव्यापी विवाहपञ्चमीको दोश्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँदिन मटकोर र छैठौँ दिन रामसीता स्वयम्वर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर २७ गते रामकलेवा गरी जन्ती बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…