रुकमानको ‘सालैजो’ सार्वजनिक

काठमाडौं । लिम्बू भाकाको ‘हाक्पारे पालाम ख्याली’ गाएर चर्चामा आएका गायक तथा मोडल रुकमान लिम्बु यसपटक ‘सालैजो’ लिएर आएका छन् । ‘कोइली चरीले’ले बोलको सालैजो गीतलाई रुकमानले आफ्नै अफिसियल च्यानल ‘रुबुशा क्रियटिभ वर्कस’मार्फत सार्वजनिक गरेका हुन् ।

पुर्वेली लोकलयमा गाएको ‘हाक्पारे पालम ख्याली’मार्फत रुकमानले पुर्वी नेपालमा मात्र नभएर देशविदेशमा चर्चा पाएका थिए । त्यस्तै, गण्डक क्षेत्रको लोकप्रिय भाका ‘सालैजो’मार्फत यसपटक उनी दर्शक तथा श्रोताको मन मुटुमा मन जमर्को गरेका छन् । गीत निकै मिठास र कर्णप्रिय बनेको छ । यु–ट्युबमा भिडियो सार्वजनिक गरेसँगै सकरात्मक प्रतिक्रियाहरु आइरहेको गायक रुकमानले बताए ।

बसन्त वित्यासीको शब्दरचना तथा शशी गुरुङ वाङदेलको संगीत रहेको यस गीतमा रुकमानसँगै गायिका अमृता लिम्बू सम्बाहाम्फेले स्वर दिएकी छन् ।

रुबुशा क्रियटिभ वक्र्सको प्रस्तुति रहेको यस गीतको भिडियोलाई निर्देशन तथा कोरियाग्राफी युगल पोमुले गरेका हुन् । यस भिडियोमा गायक स्वयं तथा नायिका रेखा फागो र राम गुरुङले अभिनय गरेका छन् । भिडियोमा कलाकारहरु गुरुङ र मगर संस्कृति झल्काउने भेषभूषामा सजिएका छन् ।

‘सालैजो’ गुरुङ र मगर समुदायको लोकप्रिय सांस्कृतिक भाका भएकाले पनि भिडियोमा उक्त समुदायको संस्कृति समेटिएको निर्माणपक्षको भनाइ छ । बुद्ध थापाको टिम छायाँकन रहेको यस भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…