‘निर्मलाको हत्या मैले गरेको हुँ’

कञ्चनपुर । भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आफूले गरेको आरोपी प्रदिप रावलले स्विकार गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले निर्मलाको हत्या प्रदिपले नै गरेको स्वीकार गरेको निष्कर्ष निकालेको छ । प्रहरीले भने अहिलेसम्म आफ्नो ओपचारिक धारणा सार्वजनिक गरेको छैन ।

गत साउन १० गते साथीको घरमा गएकी पन्त ११ गते मृत अवस्थामा फेला परेकी छन् । उनको बलात्कारपछि हत्या भएको खुलिसकेको छ । निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट भीमदत्त नगरपालिका–१८ का प्रदीप रावललाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङ्गलोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ ।

करिब ४ महिनापछि निर्मलाको हत्या अनुसन्धानमा प्रहरी सफलताको नजिक पुगेको छ । अनुसन्धानको दायरा साँघुरिएको बताउनु भएका प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले केही दिनमा सार्वजनिक हुने बताउनु भएको छ । प्रहरीको ठूलो प्रयासपछि निर्मला हत्याको किनारा लाग्दैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…