बानिकाको ‘जानी नजानी’लाई ४ विधामा ‘हिट्स अवार्ड’

काठमाडौं । हिट्स एफएम म्युजिक अवार्ड सम्पन्न भएको छ । राजधानीको कमालादीस्थित प्रज्ञा भवनमा शुक्रबार सम्पन्न २२औँ संस्करणको अवार्ड कार्यक्रममा १६ विधामा अवार्ड वितरण गरिएको थियो । लाइफटाइम अचिभमेन्ट अवार्ड भने संगीतकार दीपक जङ्गमलाई दिईयो । अवार्डमा संगीत क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।

कार्यक्रममा सर्वाधिक अवार्ड पाउने गीत बानिका प्रधानको ‘जानी नजानी’ बन्यो । उक्त गीतले वर्षकै सर्वोत्कृष्ट गीतको अवार्डको साथमा सर्वोत्कृष्ट एकल गायन महिला, सर्वोत्कृष्ट संगीत रचना, सर्वोत्कृष्ट एरेञ्जमेन्टको अवार्ड पनि हात पार्यो ।

क–कसले कुन विधामा प्राप्त गरे अवार्डः

१. सर्वोत्कृष्ट नवप्रतिभाः नितिशजंग कुँवर – हाम्रो नेपालमा
२. सर्वोत्कृष्ट युगल स्वरः टीका प्रसाँई, संजीव पराजुली – नाई मलाई थाहा छैन
३. सर्वोत्कृष्ट चलचित्रको गीतः राजन राज शिवाकोटी – कुटुमा कुटु (२ रुपैयाँ)
४. सर्वोत्कृष्ट लोक गीतः राजन ठकुरी र विष्णु माझी – साँइली
५. सर्वोत्कृष्ट पप रक गीतः निराकार याक्तुम्बे – पिरै पिर
६. सर्वोत्कृष्ट समुह गीतः १९७४ ए.डी. – पिरै पिर
७. सर्वोत्कृष्ट रक स्वरः प्रयत्न श्रेष्ठ – हक
८. सर्वोत्कृष्ट महिला स्वरः श्रेया सोताङ – मनचरी
९. सर्वोत्कृष्ट पुरुष स्वरः नीतेश जंग शाही – हाम्रो नेपालमा
१०. सर्वोत्कृष्ट एकल गायन महिलाः बानिका प्रधान – जानी नजानी
११. सर्वोत्कृष्ट एकल गायन पुरुषः दीप श्रेष्ठ – सम्पति दिएँ
१२. सर्वोत्कृष्ट एरेन्जमेन्टः चन्द सिंह – जानी नजानी
१३. सर्वोत्कृष्ट संगीत रचनाः दिनेश सुब्बा – जानी नजानी
१४. सर्वोत्कृष्ट गीतीसंग्रहः लोचन रिजाल – काचो आवाज
१५. सर्वोत्कृष्ट रचनाः डा. राजुबाबु श्रेष्ठ – सम्पति दिएँ
१६. सर्वोत्कृष्ट गीतः बानिका प्रधान – जानी नजानी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…