काठमाडौं । भनिन्छ, स्वास्थ्य नै मानिसको धन हो । तर खाना खाँदा सावधानी अपनाइएन भने स्वास्थ्य नै जोखिममा पर्छ । कार्य व्यस्तताको कारण प्रायले एक छाक खाना घर बाहिर खान थालेका छन् । प्राप्त आम्दानी तथा पानीको समस्याको कारण सिंगो परिवारले होटलमै खानेहरु पनि प्रशस्तै छन् ।
त्यहीकारण पछिल्लो समय खाना होटलमा खाने प्रवृति बढेको छ । खाना प्रायः सबैलाई मीठो चाहिन्छ । चिल्लो पीरो, अमिलो ट्वाक्क । होटलमा खानेहरुले स्वास्थ्य भन्दा स्वाद खोज्छन् । भोको पेट र स्वादे जीब्रोले स्वास्थ्य चिन्दैन । स्वास्थ्य अघाएपछि मात्र खोज्ने आम प्रवृति छ । होटल संचाललकले ग्राहकको चाहना अनुसार नै खाना तयार पार्छन् ।
होटलमा खानालाई स्वादिलो बनाउन अजिनोमोटो हाल्ने चलन छ । तर त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । अचिनो मोटोले हड्डीमा असर पुर्याउने चिकित्सकहरु बताउँछन् । अजिनोमोटायुक्त खाना खानाले बालबालकिो हड्डी बढ्दैन । त्यसले वयस्क तथा वृद्धवृद्धामा हाडजोर्नी कमजोर बनाउँछ ।
होटलको खानामा विभिन्न अखाध्य बस्तु समेत मिसाउने गरिन्छ । त्यसले विभिन्न रोग निम्त्याउँछ । तरकारी तथा फलफूल उत्पादन गर्दा त्यसमा बिषदी प्रयोग गर्ने क्रम बढेको छ । त्यसरी बिषादी हालेर उत्पादन गरिएका फलफूल तथा तरकरीलाई सेवन गर्नुअघि पानीमा केही समय भिजाएर राख्ने र राम्रमरी पखाल्ने गर्नुपर्छ । तर होटल संचालकले त्यसमा ध्यान दिएको पाइदैन । बिषादीयुक्त तरकारी राम्ररी नपखाली पकाउँछन् । त्यस्ता सागसब्जीले क्यान्सर समेत हुन सक्छ ।सलाई दिर्धकालीन समय सम्मपनि असर गर्छ ।
यस्ता खानामा बढी जोड नगरौँनछोपको खाना अधिकाँश होटलमा खाने टेबल सफा भए पनि भान्सा भने फोहर हुन्छ । भान्सामा झिंगा र साङ्ला भेटिन्छन् । त्यस्तो ठाउँमा खानाका परिकार नछोपी राख्छन् । नछोपेको खानाले झाडा पखाला लगायतका समस्या निम्त्याउँछ ।
तेलमा तारेको खानाहोटल संचालकले खाजा तथा खाना बनाउँदा घिउ, तेल बढी प्रयोग गर्छन् । कतिपयले त सस्तो खोज्ने क्रममा गुणस्तरहीन घिउ , तेल प्रयोग गर्छन् । त्यस्तो घिउ, तेलले स्वास्थ्य खतरामा पर्छ । खानामा चिल्लोपन बढी भएमा त्यसले ग्याष्ट्रिक तथा अल्सर हुन्छ । त्यसले कोलेस्टोर पनि बढ्छ ।
सोडायुक्त खानाहोटल तथा खाजा घरमा पाइने खानाका परिकारमा सोडा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । त्यस्ता खानाले शरीरलाई हानी गर्छ ।
सलादबिनाको खानाखाना तथा खाजा खाँदा सलाद सेवन गर्नु उपयुक्त हुन्छ । सलादले े पाचन प्रणालीमा सहयोग पु¥याउने गर्छ । तसर्थ खानामा मुला, गाजर, काँक्रो प्रयोग गरौं ।