संयुक्त राज्य अमेरिकाले देखाएको चरित्र पहिला हतियार बिक्रीका विषयमा मात्रै देखा पर्ने गर्थ्यो । अमेरिका बाहेकका अरु देशले हातहतियारको व्यापार गर्न पाउनु हुँदैन भन्ने मान्यता व्यक्त हुन्थ्यो । अहिले त्यसबाट एक कदम अगाडि बढेर टेलिकम्युनिकेसनको व्यापार–व्यवसायमा पनि अमेरिकी अनुमति चाहिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
(श्रृंखला–१)
अहिलेको अन्तर्राष्ट्रिय राजनीति कस्तो छ भन्ने कुरा वृहत् अध्ययनको विषय हो । यसका अनेकौं आयाम छन् तर मूल पाटो एउटै छ । यस लेखमा आजको अन्तर्राष्ट्रिय राजनीतिबारे सानो आँखीझ्यालबाट हेर्ने प्रयास गरिएको छ, एउटा दृष्टान्त अघि सारेर ।
[caption id="attachment_82421" align="alignright" width="150"]
–डा.विजयकुमार पौडेल[/caption]
डिसेम्बर–१ (२०१८) का दिन संयुक्त राज्य अमेरिकी सरकारको दबाबमा क्यानडाको सरकारले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेकी वित्तीय मामिला अधिकृत तथा कम्पनी उपाध्यक्ष सर्बिना मेङ वाङझाउ (Sabrina Meng Wanzhou) लाई पक्राउ ग¥यो । सर्बिनालाई पक्राउ गर्न अमेरिकी जासुसी संस्था सिआइएको योजनाबमोजिम न्युयोर्कको जिल्ला अदालतलाई अगाडि सारियो । अदालतले क्यानेडेली सरकारलाई अनुरोध (आदेश ?) दियो, ‘सर्बिना मेङ वाङझाउलाई पक्राउ गरियोस् ।’ संयुक्त राज्य अमेरिकाको एउटा जिल्ला अदालतको निर्णयलाई आफ्नै देशको सर्वोच्च अदालतले दिएको आदेशसरह क्यानडाको सरकारले तत्काल लागू ग¥या, सर्बिना पक्राउ परिन् ।
आम मानिसलाई लाग्न सक्छ, संयुक्त राज्य अमेरिकी सरकारको नजरमा सर्बिनामाथि कुनै तथाकथित आतंककारी गतिविधिमा संलग्न भएको आरोप लागेको थियो कि ? वा उनी कुनै लागू औषध कारोबारमा संलग्न भएकाबारे संयुक्त राज्य अमेरिकी सरकार र त्यहाँको अदालतलाई शंका लागेको थियो कि ? त्यस्तो केही थिएन । अनि के कारण थियो कि एउटा प्रतिष्ठित कम्पनीकी उच्च अधिकृतलाई अमेरिकी जिल्ला अदालतको निर्णयका आधारमा पक्राउ गरियो, त्यो पनि संयुक्त राज्य अमेरिकाको भूमिमा होइन, क्यानडामा ।
सर्बिना मेङ वाङझाउमाथि अमेरिकी अदालतले लगाएको आरोप छ, ‘अमेरिकाले नाकाबन्दी लगाएको इरानलाई दूरसञ्चार प्रविधिका सामान बेचेको !’
सर्बिनालाई त्यसदिन पक्राउ गरियो, जुन दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन फिङबीच अर्जेन्टिनामा वार्ता हुँदै थियो । सबैलाई थाहा भएकै कुरा हो, वार्ताको मूल विषय चिनियाँ अमेरिकी व्यापार युद्ध के–कसरी समाधान गर्न सकिन्छ भन्ने थियो ।सर्बिनालाई पक्राउ गरिएपछि चीन र क्यानडाबीच तनाव चर्किएको छ भने जारी चिनियाँ–अमेरिकी व्यापार युद्धको आगोमा पेट्रोल खन्याउने प्रयास भएको छ ।
चीन र अमेरिकाको सम्बन्ध बिगार्न अमेरिकी प्रशासन, जसको मूल बागडोर दृश्यरुपमा अमेरिकी राष्ट्रपतिका हातमा भएजस्तो देखिए पनि अदृश्यरुपमा सिआइएका हातमा रहेको हुन्छ, कै योजनामा यो सबै काण्ड गरिएको छ भन्ने कुरामा कुनै शंका रहन्न । यो पक्राउ प्रकरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा भएको हुन्थ्यो भने अर्जेन्टिनामा वार्ताको आयोजना नै हुने थिएन भन्ने स्पष्ट छ ।
सर्बिनालाई त्यसदिन पक्राउ गरियो, जुन दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन फिङबीच अर्जेन्टिनामा वार्ता हुँदै थियो । सबैलाई थाहा भएकै कुरा हो, वार्ताको मूल विषय चिनियाँ अमेरिकी व्यापार युद्ध के–कसरी समाधान गर्न सकिन्छ भन्ने थियो । सर्बिनालाई पक्राउ गरिएपछि चीन र क्यानडाबीच तनाव चर्किएको छ भने जारी चिनियाँ–अमेरिकी व्यापार युद्धको आगोमा पेट्रोल खन्याउने प्रयास भएको छ ।
अमेरिकी साम्राज्यवादको वास्तविक रुपको झल्को सर्बिनाको पक्राउ प्रकरणबाट राम्रैसँग उजागर भएको छ । अमेरिका–इरानबीच विवाद भएका कारण चिनियाँ कम्पनीले इरानमा व्यापार गर्न पाउँदैन भन्ने सन्देशका पछाडि अमेरिकाको के उद्देश्य रहेको हुनसक्छ त ? यसबाट संयुक्त राज्य अमेरिकाले विश्व राजनीतिमा के मान्यता स्थापित गर्न चाहन्छ ?
यी प्रश्नहरुको उत्तर होः अमेरिकाको शत्रुलाई अरु देशले पनि शत्रु नै ठानिदिउन् । अझै अगाडि बढेर संयुक्त राज्य अमेरिका घोषणा गर्न चाहन्छ, ‘अमेरिकी हित नै विश्वकै हित हो । संसारका अरु सबै राष्ट्रले आआफ्ना स्वार्थ वा हितलाई अमेरिका मातहत राख्नु पर्दछ । अमेरिकाले कुनै देशसँग सम्बन्ध विच्छेद गरेको छ भने अरुले पनि त्यही कुरा पछ्याउनु पर्दछ ।’
अहिले संयुक्त राज्य अमेरिकाले देखाएको चरित्र पहिला हतियार बिक्रीका विषयमा मात्रै देखा पर्ने गर्थ्यो । अमेरिका बाहेकका अरु देशले हातहतियारको व्यापार गर्न पाउनु हुँदैन भन्ने मान्यता व्यक्त हुन्थ्यो । अहिले त्यसबाट एक कदम अगाडि बढेर टेलिकम्युनिकेसनको व्यापार–व्यवसायमा पनि अमेरिकी अनुमति चाहिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
अमेरिकी अर्थतन्त्रको आधारस्तम्भ हतियार उत्पादन र बिक्री हो । हतियारको व्यापार निरन्तर मौलाउन विश्वमा कुनै न कुनै बहानामा युद्ध चलिरहनु पर्दछ । सन् १९९० को समयभन्दा अगाडिसम्म समाजवादी व्यवस्थालाई ‘अलोकतान्त्रिक वा तानाशाही’ भन्दै ती देशहरुमा विद्रोह मच्चाउन आतंककारी जत्था संयुक्त राज्य अमेरिकाकै सरकारले तयार गथ्र्यो । पूर्व सोभियत संघ र पूर्वी युरोपका देशमा रहेको समाजवादी सरकारको पराभवपछि त्यो निहुँ अब चीनविरुद्ध प्रयोग गर्नु अत्यावश्यक रहेको निष्कर्षमा अमेरिकी–युरोपेली सरकार पुगेका छन् भन्ने स्पष्ट छ । केही वर्षअघि अमेरिकी–युरोपेली योजनाबमोजिम चीनको तिब्बतमा गराउन खोजिएको असफल विद्रोहले यही कुरा देखाएको थियो नै ।
व्यापारिक कूटनीतिको कुशल खेलाडी हो अहिलेको चीन । विगत केही समयदेखि अन्तर्राष्ट्रिय मामिलामा मुख खोल्न थालेको चीनले आफ्नो मूल रणनीति छाडेको छैन । सर्बिनाको गिरफ्तारीपछि एकातिर चिनियाँ सरकारले आफ्नो देशमा रहेका अमेरिकी र क्यानडेली राजदूत बोलाएर कडा प्रतिक्रिया दिएको छ भने अर्कातिर चिनियाँ विश्वविद्यालयका वैदेशिक मामिलाका प्राध्यापकलाई वक्तव्य जारी गर्न लगाइएको छ, ‘सर्बिनाको पक्राउको विषयलाई लिएर अमेरिका–चीन सम्बन्ध बिग्रन दिनु हुँदैन ।’ उदाहरणका लागि अन्तर्राष्ट्रिय मामिलाका वरिष्ट चिनियाँ अनुसन्धानकर्ता चेन फेङइङले भनेका छन्, ‘सर्बिनाको गिरफ्तारीलाई चीन–अमेरिका व्यापारिक वार्तामा असमझदारीको विषय बन्न दिनु हुँदैन ।’ चिनियाँ कूटनीतिको रोचक पक्ष के छ भने एकातिर चिनियाँ सरकारले अमेरिका र क्यानडाका राजदूतलाई बोलाएर सर्बिनालाई तत्काल थुनामुक्त गर्न कडा भाषामा पत्र थमाउँछ भने विदेश मन्त्रालय तथा वाणिज्य मन्त्रालयहरुले भन्छन्, ‘सर्बिनाको गिरफ्तारी र चीन–अमेरिका व्यापार वार्ताबीचमा अहिलेसम्म कुनै सम्बन्ध देखिन्न ।’
चिनियाँ आर्थिक कूटनीति आफ्नै ठाउँमा छ । अहिलेको अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकी चाहना हो, विभिन्न बहानामा युद्ध र विवादको वातावरण कायम गरिराख्नु । त्यसैको एउटा कडी हो, ‘हुवावे कम्पनीकी वित्त अधिकृत सर्बिनाको क्यानडामा गिरफ्तारी ।
आम मानिसलाई लाग्न सक्छ, संयुक्त राज्य अमेरिकी सरकारको नजरमा सर्बिनामाथि कुनै तथाकथित आतंककारी गतिविधिमा संलग्न भएको आरोप लागेको थियो कि ? वा उनी कुनै लागू औषध कारोबारमा संलग्न भएकाबारे संयुक्त राज्य अमेरिकी सरकार र त्यहाँको अदालतलाई शंका लागेको थियो कि ? त्यस्तो केही थिएन । अनि के कारण थियो कि एउटा प्रतिष्ठित कम्पनीकी उच्च अधिकृतलाई अमेरिकी जिल्ला अदालतको निर्णयका आधारमा पक्राउ गरियो, त्यो पनि संयुक्त राज्य अमेरिकाको भूमिमा होइन, क्यानडामा ।