विश्वविद्यालय तोडफोड, प्रमुखकाे पुत्लादहन

कञ्चनपुर । विद्यार्थी संगठनले सुदूरपिश्चम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अाइतबार तोडफोड र आगजनी गरेका छन । आफुखुशी भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको आरोपमा चार विद्यार्थी संगठनका नेता कार्यकर्ताले तोडफोड र आगजनी गरेका हुन ।

चार विद्यार्थी संगठनले सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तोडफोड गर्नुका साथै पिन्सिपल डा. भुपेन्द्र विष्ट सहितका तीन प्राध्यापकको पुत्ला समेत दहन गरे । विघटित एमाले निकट अनेरास्ववियु, , माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा बैद्य निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीका विद्यार्थी नेता एव कार्यकर्ताले तोडफोड गर्नुका साथै प्रिन्सिपल कार्यकक्षको कुर्सी समेत जलाएका छन् ।

विद्यार्थीले प्रिन्सिपल विष्टसहित काँग्रेस निकटको नेपाल प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट र विघटित माओवादी केन्द्र निकटको राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष धनराज विष्टको पुत्ला दहन गरे । यसअघि प्रिन्सिपल विष्टको कार्यकक्षमा विभिन्न तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । तालाबन्दी रहेको पिन्सिपल कार्यकक्षको ढोका तोडेर कुर्सी निकालेका थिए । पिन्सिपल कार्यकक्ष र बाहिर रहेका फर्चिचर, पुस्तकालयमा सिसा तोडफोड भएको छ ।

विद्यार्थी नेताले पिन्सिपल कार्यकक्षमा तीनतीन तालाबन्दी हुँदा कसरी कर्मचारीलाई नियुक्ति दिएको भन्दै विद्याथीहर्रुले ढोका तोडेरै कुर्सी जलाए । विद्यार्थी संगठनले पिन्सिपल कार्यकक्षमा तोडफोडका साथै पुत्लादहन गरेपछि पढाई प्रभावित भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष अर्जुन भट्टले अवैधानिक ढङगबाट भागबण्डाका आधारमा आफ्ना नातेदार, श्रीमती भर्ना गरेकाले आन्दोलनमा उत्रिएको बताउनु भयो । उनले निर्णय नसच्याए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

करारमा भर्ना गरिएका कर्मचारी प्राध्यापकको नियुक्ति उनीहरुले खारेजीको माग गरे । सुप विश्वविद्यालयले भने कुनैपनि कर्मचारीलाई अवैधानिक ढङगबाट नियुक्ति नगरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…