दुर्घटनामा ७४ को मृत्यु

चितवन । सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १ सय ३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३ सय १७ जना घाइते भएका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए ।

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी सङ्ख्यामा मृत्यु हुने गरेको बताउनुभयो । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको हो । तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको गौतमले बताउनुभयो । जिल्लामा मासिक एक हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ ।

-फाेटाे  फाइल

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…