Nic

राजा महेन्द्रका सच्चा अनुयायी डा. गिरी (भिडियोसहित)

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्येष्टि गरिँदैछ । उहाँको हिजो ९३ वर्षको उमेरमा आफ्नै निवास बुढानिलकण्ठमा निधन भयो । राजा महेन्द्रको शासनकालमा उहाँ मन्त्रिपरिषद्को उपाध्यक्ष बन्नुभएको थियो । राजाले उहाँलाई आफ्नो अनुयायीका रुपमा लिनुभएको थियो । विभिन्न कार्यकालमा उहाँले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

९३ वर्षअघि सिराहा जिल्लाको बस्तीपुरमा जन्मनुभएका गिरी पेशाले चिकित्सक हुनुहन्थ्यो । गिरी नेपाली कांग्रेसको पहिलो पुस्ता नेतामध्यका एक हुनुहन्छ। वीपी कोइराला सभापति हुँदा उहाँ पार्टीका महामन्त्री पदमा आशिन हुनुहुन्थ्यो । ०१५ सालको आम निर्वाचनमा सिराहाबाट सांसद निर्वाचित भएपछि वीपी कोइरालाको क्याबिनेटमा गिरी परराष्ट्रमन्त्री बन्नुभयो । त्यहीबीचमा २०१७ साल भदौ ३० गते डाक्टर गिरीले परराष्ट्रमन्त्रीबाट राजीनामा पनि दिनुभएको थियो ।

दुई तिहाई बहुमतको सरकारले जति काम गर्नुपथ्र्यो, त्यो गर्न नसकेको भन्दै उहाँले राजीनामा दिएपछि खैलाबैला मच्चिएको थियो । त्यसको तीन महिनापछि त राजाले वीपी कोइरालालाई बर्खास्तसमेत गरेका थिए । तर, सोही बेला राजाको मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीले पत्रकार सम्मेलन गरेरै राजतन्त्र र बहुदलीय प्रजातन्त्रसँगै जान नसक्ने आफ्नो अडान दोर्होयाउनु भएको थियो ।

वास्तवमा डा.तुलसी गिरी राजा महेन्द्रका सच्चा अनुयायीमात्र नभएर, निर्दलीय पञ्चायती शासन व्यवस्थाका आर्किटेक्ट पनि मानिनुहुन्छ । राजा महेन्द्रले पञ्चायत व्यवस्था लागु गरेपछि गिरीले राजालाई साथ दिनुभएको थियो । राजा महेन्द्रको सरकारमा गिरी पहिलो नम्बरको वरियतामा रक्षा र परराष्ट्रमन्त्री बन्नुभएको थियो । त्यसको २ वर्षपछि ०१९ सालमा उहाँ मन्त्रिपरिषदको अध्यक्ष बन्नुभयो । २ वर्ष मन्त्रिपरिषद अध्यक्ष बन्नुभएका गिरी त्यसपछि एकैचोटि ०३२ सालमा प्रधानमन्त्री बनेर ०३४ सालसम्म देशको कार्यकारी पदमा रहनुभयो ।

नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने मौका गिरीलाई मिलेको थियो । गिरी मन्त्रिपरिषदको अध्यक्ष हुँदा जम्मा ३५ वर्ष उमेरको हुनुहन्थ्यो । नेपालको तेइसौं प्रधानमन्त्री गिरीलाई उहाँका समकक्षी राजा महेन्द्रका अनुयायी मान्दछन ।

‘राजतन्त्र र बहुदलीय व्यवस्थासँगै जान सक्दैनन’ ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएका डा. गिरी त्यसपछि पनि पटक पटक विवादमा तानिनुभयो । गिरीको परिवारका भतिजा प्रदीप गिरी अहिले पनि कांग्रेसका नेता हुनुहुन्छ ।

भिडियाे

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…