नारायण थापा
भक्तपुर । विभिन्न स्थानमा चोरी गर्ने ११ जना ५० लाख रूपैयाँ बराबरको सामानसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले चोरी गर्ने छुट्टाछुटै समूह पक्राउ गरेको हो ।
प्रहरीले काभ्रे तिमालका बिबेक भन्ने वाङदेन तामाङ, भुम्लुका बिकास भन्ने सुमन लामा, मोरङ्ग केराबारीका सन्तोस बिक, भारतीय नागरिक सचिन भन्ने बैभव बापुसो भोसलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप मन्थलीका कोराजु काफ्ले, लिखु तामाकोशीका दिनेश पौडेल, नारायण दाहाल, शिव फुयाल, भक्तपुर चाँगुनारायणका सुवास थापामगर, त्यही ठाउँका सुजन जाकिबन्जार र छालिङ्गका निरञ्जन लागेजु छन् । प्रहरीले उनीहरूलार्इ बुधबार सार्वजिनक गरेकाे छ ।
नगद तथा जिन्सी सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले चोर्न प्रयोग गरिएका ३ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
चोरी गर्नेहरुबाट १९ लाख ५८ हजार ७ सय ५० रुपैयाँ नगद, २५ हजार ५ सय भारतीय रुपैयाँ, साढे १६ तोला सुन, ४२ तोला चाँदी, सामसुङ्ग कम्पनीका १४ थान टिभी र ५ सेट मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुबाट चोरीमा प्रयोग हुने औजार समेत बरामद गरेको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । गहना चोरी गर्ने ३ जना फरार रहेको र उनीहरुको जोखी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।