Logo फाल्गुन १४, २०७७ शुक्रबार


लागू औषधसहित युवा पक्राउ

स्याङ्जा । जिल्ला फेदिखोला गाउँपालिका –२ स्थित थानचौरको जंगलबाट बिहीबार दिउँसो लागू औषध प्रयोग गर्दै गरेको अवस्थामा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका –१२ सितला देवी बस्ने २३ वर्षीय साजन गुरुङ र पोखरा –१३ बस्ने २६ वर्षीय खगेन्द्रजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट नुफिन ६२ थान, फेनारगन ६३ थान, डाइजेपाम ६३ थान उनीहरुले प्रयोग गरीसकेको तीन थान सिरिन्ज र उनीहरुले प्रयोग गरेको ग ११ प ४९४३ नम्बरको मोटरसाईकल संगै दुई थान मोबाइल समेत बरामद गरी थप अनुसन्धान तथा कारबाही प्रकिृया अगाडि बढाइएको डिएसपी प्रकाश विष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…