उपेन्द्र यादवले शक्तिको वैभव थाम्न सकेनन् । फोरम फुटपरस्त नीतिको शिकार भयो र दोश्रो संविधानसभा निर्वाचनमा आइपुग्दा सर्लक्क परेको काँक्रोजस्तो मधेसी जनअधिकार फोरम कुल ७ चिरामा धुजामुजा भयो । पहिलो संविधानसभामा ५१ सिट जितेको पार्टी दोश्रो संविधानसभामा झिनो हैसियतमा संसदको एक छेउमा उपस्थित देखियो ।
२०६२–०६३ को आन्दोलनले मुलुककै राजनीतिमा आमूल परिर्वतन ल्यायो । यस्तै लेखिए–बोलिए पनि मधेसका मुद्दा थाँती नै थिए । स्वाभिमानसहित माग राखेर आन्दोलनको आगो दन्काइयो । राजनीतिक परिर्वतनमा मधेस र मधेस केन्द्रित दलको महत्वपूर्ण भूमिका तर हिस्सामा असमानता थियो नै । अन्तरिम संविधान जारी गर्दा संघीयता अस्वीकार गर्दै असन्तोषको मसाल बालेर मधेस तातिइरह्यो । अन्तरिम संविधानमा विमतिको घण्टी बजाउँदै शुरु विद्रोह केन्द्रीय राजनीतिमा कहिले अस्थिर त कहिले तरल बनाउने सूत्र पनि बन्यो ।
नेपाली कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) खोलेका महन्थ ठाकुरको पार्टीसँग तराईका धेरैको आशा थियो । तर यो पार्टी पनि समयक्रममा युधिष्ठिरको स्वर्गयात्रामा भाइ मरे झैँ एक्लियो–चोइटियो । मधेस र मधेसीको अधिकारको पसल थापेर पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनतालाई ग्राहक बनाउन सफल तमलोपा फुटको साथी भएकै कारण अधोगतिमा ओर्लिरह्यो । दोश्रो संविधानसभा निर्वाचन परिणाममा मधेसकेन्द्रित दलहरुले नेपाली राज्यसत्ताको बागडोर सम्हालेका मूलधारका राजनीतिक दलसँग चाडवाडका बेला ‘भाग’ मोलमोलाई गर्ने दक्षतासमेत गुमाएर बस्यो ।
२०६३ को माघपछिको मधेस विद्रोह यता आन्दोलन लगातार नवीकरण भइरह्यो । सरकारले पनि मधेसलाई सम्बोधन ‘नवीकरण’मा कन्ज्युस्याइँ गरेन । सरकार र संसदबाट अनेक आस्वासनका सहमतिको पोका फालिए । दुईपटक संविधान संशोधनसमेत भयो । तर, मधेसमा नसकिएको ‘आधारभूत विभेद अन्त्य’ र ‘सम्मानजनक साझेदारी’ नभएको भन्दै चित्त दुखाइ रह्यो । मधेस र मधेसीको मुद्दा सम्बोधनका लागि शर्त थियो फेरि एकपटक संविधान संशोधन ।
२०६२–२०६३ को आन्दोलन र माघे मधेस विद्रोहमा अहम् भूमिका खेलेको संघीय समाजवादी फोरम नेपाल (तत्कालीन मधेसी जनअधिकार फोरम ) पहिलो संविधानसभाको निर्वाचनमार्फत तेश्रो शक्ति बन्यो । तर पार्टी नेतृत्व उपेन्द्र यादवले शक्तिको वैभव थाम्न सकेनन् । फोरम फुटपरस्त नीतिको शिकार भयो र दोश्रो संविधानसभा निर्वाचनमा आइपुग्दा सर्लक्क परेको काँक्रोजस्तो मधेसी जनअधिकार फोरम कुल ७ चिरामा धुजामुजा भयो । पहिलो संविधानसभामा ५१ सिट जितेको पार्टी दोश्रो संविधानसभामा झिनो हैसियतमा संसदको एक छेउमा उपस्थित देखियो ।
[caption id="attachment_86484" align="alignright" width="150"]
–शिव अधिकारी यदुवंशी[/caption]
जीवनको उत्तराद्र्धमा नेपाली कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) खोलेका महन्थ ठाकुरको पार्टीसँग तराईका धेरैको आशा थियो । तर यो पार्टी पनि समयक्रममा युधिष्ठिरको स्वर्गयात्रामा भाइ मरे झैँ एक्लियो–चोइटियो । मधेस र मधेसीको अधिकारको पसल थापेर पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनतालाई ग्राहक बनाउन सफल तमलोपा फुटको साथी भएकै कारण अधोगतिमा ओर्लिरह्यो । दोश्रो संविधानसभा निर्वाचन परिणाममा मधेसकेन्द्रित दलहरुले नेपाली राज्यसत्ताको बागडोर सम्हालेका मूलधारका राजनीतिक दलसँग चाडवाडका बेला ‘भाग’ मोलमोलाई गर्ने दक्षतासमेत गुमाएर बस्यो । नेपालको संविधान २०७२ जारी हुँदा मधेसवादी दलहरु संविधानसभामा रोदन र विलाप त गर्दैथिए तर राज्यसत्तालाई आफ्नो माग सम्बोधनका लागि बाध्य पार्ने राजनीतिक धरातल भने गुमाइसकेका थिए । मधेस केन्द्रित दलहरुको विरोधका बाबजुद संविधान जारी भयो ।
संविधान जारी भएपछि मधेसकेन्द्रित दलहरुले ६ महिनासम्म आन्दोलन गरे । मधेसवादी दलको आन्दोलन सफल बनाउन छिमेकी भारतसहित संयुक्त राष्ट्र संघले पनि सहयोग र समर्थन दियो । संविधान संशोधन गरी मधेसको असन्तोष मेटाउन दबाब दिँदै भारतले अघोषित नाकाबन्दीको तगारो लगायो । मधेस केन्द्रित दलहरुको आन्दोलन र भारतीय दबाबका कारण नेपालको संविधान २०७२ दुईपटक संशोधन हुँदा पनि मधेस र मधेसीले चाहेअनुसार संविधान बनेन ।
तेस्रोपटक संविधान संशोधन गर्ने गराउने नारासहित मधेसकेन्द्रित दलहरु आन्दोलित भए । आन्दोलन गर्दै निर्वाचनमा भाग लिए । विगतमा फुटका कारण मधेसी जनतासमक्ष गुमाएको विश्वास र खुम्चिएको हैसियतप्रति मधेसकेन्द्रित दलहरुको ध्यान गयो । पार्टी एकता र चुनावी मोर्चामा कदम चाले । टुटफुटबाट धरासायी तमलोपा एकताको उद्घोषसहित राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । मधेसी जनअधिकार फोरम एकापसमा एकता गर्दै संघीय समाजवादी फोरमको आवरणमा उत्रियो । दुवै दलबीच चुनावी तालमेल पनि बाध्यता बनयो । मधेसी जनताले यी दुई दललाई फेरि गरिमा प्रदान गरे । सम्मानजनक हैसियतमा संसदमा मधेसी दलको पुनःउपस्थिति सम्भव भयो ।
तर शक्तिसञ्चय हुनासाथ फुट्ने मधेसी दलको नियति बनेको छ । राजपा संसदमा नेपाली राजनीतिलाई प्रभावित पार्नसक्ने हैसियतमा उक्लियो तर महन्थ ठाकुर र राजेन्द्र महतोबीच संयोजक पदका लागि हानथापमा पार्टी अल्झिएको छ । संसदमा मधेस र मधेसीका लागि पार्टीले कस्तो भूमिका खेल्नु पर्ने हो, त्यसबारे हेक्का नै छैन । सम्भवतः राजपा फेरि फुटको केक काट्न आतुर देखिन्छ । मधेस र मधेसी भर्सेला परोस् तर नेतृत्वको लडाइमा पार्टीलाई ‘पुनः मुसिक भवः’ मा पु¥याइँदै छ ।
यता, उत्थान, पतन र पुनरुत्थानको स्वाद चाखेको संघीय समाजवादी फोरम सत्ताभोगमा लिप्त छ । सत्ताबाट हटेको दिन मधेसको अधिकारको पुरानो गलबन्दी लगाएर उपेन्द्र यादव पुनः गर्जिने प्रयास गर्लान् । अहिले मौन छन् । किनकी सरकारको उपप्रधानमन्त्री छन् ।
शक्तिसञ्चय हुनासाथ फुट्ने मधेसी दलको नियति बनेको छ । राजपा संसदमा नेपाली राजनीतिलाई प्रभावित पार्नसक्ने हैसियतमा उक्लियो तर महन्थ ठाकुर र राजेन्द्र महतोबीच संयोजक पदका लागि हानथापमा पार्टी अल्झिएको छ । संसदमा मधेस र मधेसीका लागि पार्टीले कस्तो भूमिका खेल्नु पर्ने हो, त्यसबारे हेक्का नै छैन । सम्भवतः राजपा फेरि फुटको केक काट्न आतुर देखिन्छ । मधेस र मधेसी भर्सेला परोस् तर नेतृत्वको लडाइमा पार्टीलाई ‘पुनः मुसिक भवः’ मा पु¥याइँदै छ ।
२०६३ को माघे मधेस विद्रोहपछि मधेसमा पटकपटकका आन्दोलनमा सयौँ मधेसीको बलिदान भयो । तर मधेसकेन्द्रित दलहरु शक्ति सञ्चयपछि फुटको शिकार बने वा सत्ताभोगमा लिप्त भएर अधिकार प्राप्तिको आन्दोलन बिर्सिए । परिणामतः मधेसी जनतामा घोर निराशा बढेको छ । अर्थात् बलियो मुद्दा, एजेण्डा बोके पनि मधेसवादी दल सत्तालिप्साको चास्नीमा चुर्लुम्म डुब्दा देवदूत ठानेकाहरुको व्यवहारबाट मधेसी नागरिक दिक्क छन् ।
(शिव जनता टेलिभिजनमा समाचार प्रस्तोता र मधेस बिटमा रिपोर्टिङ गर्छन्)