Nic

डा. केसी इलाममाः अनसन कहिलेबाट ? (ट्वीटसहित)

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आउनु भएका डा. गोविन्द केसी १६ औं अनसन बस्न इलाम पुग्नुभएको छ । सरकारलाई मंगलबारसम्म आफ्ना माग पुरा गर्न अल्टिमेटम दिनुभएका केसी माग पुरा हुने छाँट नदेखेपछि इलाम जानुभएको हो । उहाँले बुधबारबाट अनसन बस्ने तयारी गर्नुभएको छ ।

उहाँको १६ औं अनसनमा सरकारसँग ३ बुँदे माग रहेका छन् । पहिलो बुँदामा उहाँले १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गर्नुभएको छ । सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गर्नुभएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उहाँले बताउनु भएको छ । दोस्रो मागमा केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गर्नुभएको छ । तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न भन्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष- काममा अलमल हुनेछ, सम्मानमा आघात पुग्नेछ . वृष- पद वृद्धिको योग पर्नेछ, आत्मप्रशंसा मिल्नेछ । मिथुन- वैदेशिक सहयोग जुट्नेछ,…

सादा र सरल जीवनशैली अपनाउँदै आउनुभएका पौडेलले हाल स्व. दिवाकर भुसालको स्मृति पुस्तकको सम्पादन गरिरहुनुभएको थियो ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…