यस्तो भाइरस विकराल बन्दै

काठमाडौं । आफूनजिक खोकिरहेका व्यक्ति छन् भने सजग हुनुहोस् । खोकी लाग्नु भाइरसको संक्रमण हो । भाइरसका कारण हुने संक्रमण नै इन्फ्लसएन्जा हो । यसलाई प्लु पनि भन्ने गरिन्छ ।

भाइरसका कारण हुने मौसमी रुघाखोकीले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ । खोकी लागिरहने, नाकबाट पातलो सिँगान आउने र ज्वरो आएपछि अस्पताल धाउनेको संख्या दिनहुँ सयभन्दा बढी छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल, कान्ति बाल अस्पातल, वीर अस्पताललगायत सरकारी एवं निजी अस्पतालमा उपचारका लागि आउने संख्या बढेको चिकित्सकको भनाई छ ।

निरन्तर खोकी लागिरहे आराम गर्न चिकित्सकको सुझाव छ । हाच्छिउँ गर्दा वा खोक्दा अरुलाई सर्न सक्छ । बिरामीले रुमाल प्रयोग गर्दा राम्रो हुन्छ’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताउनुभयो ।

इन्प्लुएन्जा धेरै प्रकारका भए पनि टाइप ए, टाइप बी र टाइप सीले बढी असर पारिरहेको छ । ‘अधिकांशमा लक्षण नदेखिन पनि सक्छ । रुघा लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो आउने हुन सक्छ’ उहाँले भन्नुभयो । भीडभाड वा सार्वजनिक स्थानमा नजान पनि डाक्टरहरुले सुझाव दिएका छन् । बढ्दो प्रदूषणका कारण भाइरल संक्रमण जटिल बनेको चिकित्सकको भनाइ छ । समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…