देउता

कविता

–मिलन राई

एउटा देउता
जो मस्त छ
उनका बारे लेखिएको भजन सुन्न
रुचाउँदैनन्
उसका भक्तहरु निन्दा सुन्न
देउता बोल्नुहुन्छ
महानवाणी बन्छ

देउता कथाहरु कल्पिनुहुन्छ
महाकाव्य बन्छ
सारा सूर्य चन्द्रमा ब्रह्माण्ड
उनकै वरिपरि घुम्छ ।
निन्दा गर्नेहरुप्रति उनका भक्तहरु
निर्मम प्रहार गर्छन्

देउतालाई
भक्तहरु सर्वशक्तिमान सम्झन्छन्
देउता चटक देखाउनुहुन्छ
भक्त गीत बनाइदिन्छन्
देउता कला देखाउनुहुन्छ
भक्त चमत्कार भनी प्रचार गर्छन्
देउता खान्छन् डुल्छन्, पाचनक्रिया चलिरहन्छ
भक्त लीला सम्झन्छन्
बेलुका देउता प्रशन्न
जब स्तुति पूर्ण दिन सम्झन्छ
भक्त पनि खुशी हुन्छन्
दिनभरको व्यापार सम्झेर

दुःख सुन्न मन पराउनु हुन्न देउता
खै आज भोलि देउता
पुरानै चमत्कारको कुरा दोहो¥याई रहनुहुन्छ
तर चमत्कार देखाउने दिन नै जुरेन
वास्तवमा फुर्सद नभएर पनि होला
भक्तको भिडले सायद
मौका नै मिलेन
देउता र भक्त
दुवै खुशी छन्
आत्मरतिमा ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…