राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सांसदहरुकै मतभेद

काठमाडौं । सरकार र डा. गोबिन्द केसीबीच भएको सम्झौताअनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ड्राफ्ट बनाउने बिषयमा सांसदरुहबीच नै मत बाझिएपछि संसदमा दर्ता गर्ने म्याद लम्बिएको छ । सम्झौतामा भएका अधिकांस बुँदामा सहमति भए पनि केही प्रमुख विषयमा सहमति जुट्न नसकेको हो ।

सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच चिकित्सा शिक्षा विधेयकका केही बुँदामा सहमति जुट्न नसक्दा बिहीबारको स्वास्थ्य तथा शिक्षा समिति बैठक स्थगित भएको हो । अनौपचारिक छलफलक्रममा समेत प्रमाणपत्र तहसम्मका प्राविधिक शिक्षालयलाइ फेज आउट गर्ने, छात्रवृत्तिमा स्नातक गर्नेले दुर्गममा २ या ३ वर्ष काम गर्नुपर्ने भन्ने प्रमुख विषयमा सांसदहरुबीच मत बाझिएपछि बैठक पुस २३ गतेका लागि सारिएको शिक्षा तथा स्वास्थ्य समिति संयोजक भैरवबहादुर सिंहले बताउनु भयो ।

सरकार र केसीबीच भएको सम्झौता अनुरुप नै अघि बढ्न अधिकांश सांसद सहमत भए पनि केहीको विमति छ । उपत्यका बाहिरमात्रै मेडिकल कलेज खोल्न दिइने बिषयमा डा. केसीसँग सम्झौता भए पनि कसले सम्बन्धन दिने भन्ने विषयमा अन्योल छ । यही विषयमा संविधानअनुरुप लचिलो भएर जाने या सम्झौताको व्यावहारिक कार्यान्वयनमा जाने भन्नेबारे समितिले निर्णय लिन सकेको छैन । छलफलबाट सहमति नजुटे मतदान प्रक्रियामा समेत जान सकिने संसदीय स्वास्थ्य तथा शिक्षा समिति सभापति जयपुरी घर्तीले बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…