जिममा एक घण्टाको खर्च, सुने चकित पर्नुहुन्छ !

काठमाडाैं । कोही सेलिब्रेटीहरु आफ्नो कपडाका लागि अधिक खर्च गर्छन् त कोही लाईफस्टाइलका लागि । कोही यस्ता पनि छन् जो आफ्नो शारीरिक सुगठन (फिटनेस) का लागि पानीजस्तै बगाउँछन् पैसा । यस्तैमा एक हुन् चर्चित गायिका तथा अभिनेतृ सेलेना गोमेज ।

यदि तपाई यिनको शरिरदेखि मोहित हुनुहुन्छ र यस्तै फिटनेस चाहनुहुन्छ भने त्यो डिल निकै महँगो हुनसक्छ ।

सेलेना आफ्नो वर्कआउट रुटिनदेखि निकै सतर्क रहन्छिन् । उनले जिममा आफ्नो व्यक्तिगत तालिमकर्ता राखेकी छिन् जसलाई उनी एक घण्टाको जति पारिश्रमिक दिन्छिन् त्यो कसैका लागि एक महिनाको तलबभन्दा बढी हुनसक्छ ।

त्यो पारिश्रमिक कति होला ? जोडघटाउमा लाग्नुभयो भने तपाई फस्नुहुनेछ र चकित हुनुुहुनेछ । किनकि उनी एक घण्टाको मात्र ३०० डलर तिर्छिन् जो नेपाली रुपैयाँ करिब ३० हजार हुन आउँछ । अब तपाई आफै भन्न सक्नुहुन्छ कि सेलेनाको जिम तपाईका लागि कति महँगो छ ?

फिटनेसको संसारमा दौडेकी सेलेना पछिल्लो समय खराब स्वास्थ्यका कारण चर्चामा छिन् । उनले ल्यूपस तथा किड्नी प्रत्यारोपण गरेकी छिन् । स्वास्थ्य उपचारपछि सेलेना गएको महिना घर फर्किएकी छिन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…