गीत गाउन रुचि गर्थेनन् स्वरसम्राट

जोसेफ शाही
काठमाडौं । ‘शीर्षक’ पढ्नेबित्तिकै जो कसैलाई लाग्नसक्छ कि, यस्तो होला र ? तर यथार्थ उस्तै रहस्यमय अनि सत्य नजिक छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानसँग स्वरसम्राटबारे जिज्ञासा राखेको थियौँ । भन्नुभएको थियो, ‘कलाकारिताको शुरुवाती दिनमा प्रेमध्वज प्रधान, नारायण गोपाललगायतका कलाकार सँगै गायन अभ्यास गर्नुहुन्थ्यो । प्रेमध्वजले गाउँदा नारायण गोपाल तबला बजाउनु हुन्थ्यो । संगतक्रममा नारायण गोपालले मिठो गीत गाउनुहुन्छ भन्ने थाहा भयो तर उहाँ गाउन उतिसारो रुचि गर्नु हुन्थेन ।

प्रधानलागायतका कलाकार साथीहरुले नारायण गोपाललाई रेडियो नेपालले गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा पठाउने योजनाअनुरुप सल्लाह गर्नुभयो । नारायण गोपालसँग सल्लाह गर्दा शुरुमा उहाँले खासै रुची देखाउनु भएन । तर, सबै साथीहरुले तपाईंले औधी मीठो गाउनुहुन्छ, तपाईंले धेरै राम्रो गर्न सक्नुहुन्छ भन्दै विश्वस्त गराएपछि प्रतियोगितामा भाग लिन तयार हुनुभयो । तर, प्रतियोगिताकै दिन बिहान नारायण गोपालले एक्कासी ‘भाग लिन्न’ भनेपछि प्रधानलगायतका साथीहरु छाँगाबाट खसेजस्तै हुनुभयो । निकै छोटो समय बाँकी रहेकाले फेरि पनि सबै साथीहरुले धेरैबेर सम्झाए । नारायण गोपाललाई लिएर प्रधान रेडियो नेपाल पुग्नुभयो । जब नारायण गोपालले प्रस्तुति दिनुभयो । उपस्थित सबै मन्त्रमुग्ध बने । हुन त भविष्यमा स्वरसम्राट घोषणा हुने व्यक्तित्वको गलाले गाएको गीत सुमधुर नुहुने कुरै भएन ।

अन्ततः अरुको करकापले गायन प्रतियोगी बनेका एक तबलावादक राष्ट्रव्यापी गायन प्रतियोगितामै प्रथम श्रेणीमा समेटिन सफल भए । प्रेमध्वज प्रधानलगायतका कलाकारको जबर्जस्त प्रोत्साहन नगरेको भए नेपाली संगीत फाँटमा नारायण गोपालको उपस्थिति स्वर सम्राटका रुपमा नहुन पनि सक्थ्यो । उनी तबलावादकमै सीमित हुन सक्थे । हामीले स्वरसम्राट भनेर सम्मान गर्ने एक अद्भुत प्रतिभाको उदय करकापमै भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…