Nic

सातै प्रदेशमा सिएमसी सप्तरंगी सांगीतिक यात्रा

नम्रता बानियाँ
काठमाडौं । गृष्मा ब्रोडकाष्टिङले सातै प्रदेशमा ‘सिएमसी सप्तरंगी, अ म्युजिकल जर्नी–२०१९’ सांगीतिक कार्यक्रम गर्ने भएको छ । कम्पनीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सातै प्रदेशमा विभिन्न कलाकार र खेलाडीको सहभागितामा सप्तरंग सांगीतिक कार्यक्रमको गर्ने जनाएको हो । माघ १८ देखि फागुन २ गतेसम्म हुने संगीतिक कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको दाबी छ । देशका सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा सात कलाकरले प्रस्तुति दिनेछन् । ‘सात प्रदेश र सात हामी’ नाराका साथमा शुरु हुने यस कार्यक्रमको मुख्य उद्देश्य सद्भाव र ऐक्यवद्दताका लागि भन्ने राखिएको छ ।

कार्यक्रम प्रदेश १ अन्तर्गत झापाको दमक, प्रदेश २ अन्तर्गत जनकपुर, प्रदेश ३ अन्तर्गत नारायणघाट, गण्डकी प्रदेशको पोखरामा प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा हुने बताइएको छ । कार्यक्रममा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, कलाकार सन्दीप क्षेत्री, अञ्जली अधिकारी र खेलाडी दीपक विष्ट सहभागी हुनेछन् । सांगीतिक यात्राको अफिसियल मिडिया पार्टनर जनता टेलिभिजन रहेको छ ।

कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्माले गीत गाउनेछन् भने मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुत गर्नेछिन् । कमेडियन सन्दीप क्षेत्रीले उपस्थित दर्शकलाई हसाउँदा खेलाडी दीपक विष्टले आफ्नो खेल दर्शकलाई देखाउनेछन् ।

यो कार्यक्रम माघ १८ गते झापाको दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा हुनेछ । कार्यक्रममा उपस्थित हुन दर्शकले कुनै शुल्क तिर्नु नपर्ने आयोजकले जनाएको छ ।

‘सात प्रदेशलाई चिनाउन र त्यहाँका पर्यटकीय स्थान प्रचार गर्न कार्यक्रम आयोजना गरिएको हो’, आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले भन्नुभयो, ‘हामीले आर्थिक लाभका लागि कार्यक्रम गर्न लागेका होइनौँ । हामीले सातै प्रदेशका जनताबीच आपसी सद्भाव र सामिप्यता बढाउन र पर्यटकीय हिसाबमा पनि सातै प्रदेशको प्रचार गर्न कार्यक्रम गर्न लागेका हौँ ।’

त्यस्तै, कार्यक्रममा उपस्थित कलाकारले पनि यस्तो कार्यक्रममा जोडिन पाउँदा खुशी लागेको बताए । उनीहरुले आआफ्ना तर्फबाट कार्यक्रम राम्रो गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…