Nic

‘अन्तरजातीय विवाह गरेकाले बाहिर आउन चाहेनौं’

हिमलाल पराजुली

स्याङ्जा । चर्चित गायिका विष्णु माझी आफ्ना श्रीमान् सुन्दरमणि अधिकारीसहित आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित हुनुभयाे। गायिका माझीलाई अधिकारीले बन्धक बनाएको भन्ने खबर विभिन्न मिडियामा आएपछि कार्यालयले माझीको अवस्था बुझ्न भन्दै बाेलाएकाे थियो ।

आइतबार बिहान ११ बजेर ३० मिनेट जाँदा गायिका माझी पति सुन्दरमणिसहित माइतपट्टिका बुबाआमा, दाजु र बहिनीलाई सँगै लिएर आएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा विष्णु माझी र उहाँका पतिले आफुहरुले अन्तरजातीय विवाह गरेकाले बाहिर आउन नचाहेको बताएको प्रजिअ निरौलाले बताउनुभयो ।

उहाँका अनुसार गायिका माझीले प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, प्रशासकीय अधिकृतलगायतसँग भएको कुराकानीका क्रममा आफ्नो बाहिर चर्चामा आउने कुनै त्यस्तो चाहना नभएको बताउनुभयो । अहिलेको जमानामा पनि सामान्य एउटा फोन नबोक्ने अनि सम्पर्कमा पनि नरहने किन त ? भन्ने जिज्ञासामा उहाँले आफुलाई सामान्य खालको वातावरण मन पर्ने भन्दै सहज र सरल रुपमा कुराकानी गरेको निरौलाले बताउनुभयो । आफु जतिबेला पनि मास्क लगाएर हिँड्ने गरेको बताउँदै माझीले काठमाडौंकाे धुलोमा मास्क नलगाउँदा आफुलाई घाँटीको समस्या हुने भएकोले मास्कको प्रयोग गर्ने बताएको निरौलाको भनाइ छ ।

प्रजिअ निरौलाका अनुसार विष्णुका पति सुन्दरमणिले विष्णु लेखेपढेको कमी र एक्लै बाहिर हिँड्न नसक्ने भएकोले बाहिर नआएको र आफुहरु निरन्तर आफ्नो काममा रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपश्चात् उनीहरु ट्याक्सी चढेर फर्किएको प्रशासन कार्यालयले जनाएको छ ।

विष्णु माझीको माइतीगाउँ चापाकोट नगरपालिका कालीगण्डकी नदिको किनारस्थित खोरियामा बिहीबार पुगेर गायिका माझीका बारेमा बुझ्दा उहाँका दाजु बाबुराम माझीले त्यस्तो केही नभएको र यो हल्ला मात्रै भएको बताउनुभएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विष्णु माझी र सुन्दरमणि अधिकारीले पनि आफुहरुको व्यक्तिगत कुरा भएकोले यस विषयमा धेरै चासो राख्न आवश्यक नभएको बताउनुभयाे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…