Nic

हिउँफूलमा कठ्यांग्रियो देश

काठमाडौं । सोमबार बिहान काठमाडौं उपत्यकालगायतका देशका विभिन्न भूगोलमा वर्षा भएको छ । वर्षासँगै केही स्थानमा हिउँ परेको छ भने जाडोले जनजीवन प्रभावित भएको छ ।

मौसम विज्ञान विभागका अनुसार सोमबार दिनभर नै मौसम बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने क्रम जारी छ । पश्चिमी वायुका कारण मौसम बदली भई वर्षा र हिमपात हुँदा जाडो बढेको छ । मंगलबार पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने बताइएको छ ।

काठमाडौंमा वर्षासँगै आसपासका भूभागमा पनि वर्षा जारी छ । काठमाडौं नजिकै चन्द्रागिरीमा सामान्य हिमपात भएको छ । काठमाडौं नजिकैका फुलचोकी, कालिन्चोक पनि हिउँ परे पर्यटकको गन्तव्य बन्न सक्छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा हिमपात भएको छ । थाहानगरको केही स्थानमा सोमबार बिहानै वर्षापछि हिमपात भएको हो । जिल्लाको पर्यटकीय स्थलको रुपमा परिचित दामन र सिम्भन्ज्याङमा हिमपात भएको स्थानीयले बताए ।

बिहानैदेखि पानी पर्न थालेकाे भएपनि आज काठमाडाैंकाे तापक्रम आइतबार बिहानकाे भन्दा केही बढी नै रहेकाे छ । आइतबार बिहान न्यूनतम ४ डिग्री सेल्सियस रहेकाेमा आज बिहान ८ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएकाे छ । दिउँसाे पानी राेकिए जाडाे बढ्न सक्ने अनुमान गरिएकाे छ ।

उता, कर्णाली प्रदेशका हिमाली जिल्लामा आइतबार रातिदेखि हिमपात भएको छ । हिमपातसँगै चिसो बढेको स्थानीयको भनाइ छ । जाजरकोटको उत्तरी, पूर्वी क्षेत्र, पश्चिमको माथिल्लो भाग, माथिल्लो डोल्पा, जुम्ला, कालीकोट, हुम्ला, मुगुमा हिमपात भएको स्थानीय संवाददाताहरुले बताएका छन् ।

हिमपातले चिसो बढे पनि तरकारी, गहुँलगायतका बालीलाई राहत पुग्दा किसान खुशी छन् । हिमपातले घरका छाना सेताम्य भएका छन्। पानी जमेका कारण हिउँ तताएर पानी खाने अवस्था बनेको छ ।

यस्तै, बैतडीको खोड्पेमा सोमबार बिहानैबाट हिमपात भएको छ । हिउँफूलमा देश कठ्यांग्रिएको छ तर किसान खुशी छन्, आन्तरिक पर्यटक हिउँसँग खेल्न आतुर छन् । तस्बिरः अमर भट्टराई

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…