वार्षिक १० अर्बको दूध आयात (भिडियोसहित)

दुग्धजन्य उत्पादनमा मुलुक आत्मनिर्भर बन्ने प्रयास गरिरहेको छ । राज्यको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान छ भने देशभरका ३५ ठूला डेरी उद्योगहरु दुग्धजन्य उत्पादन र प्रशोधनमा लगानी गरिरहेका छन् । उनीहरुले स्वदेशमै १२ लिटर दूधबाट एक किलो पाउडर दूध उत्पादन गरेरसमेत दुर्गम र विकट भूगोलमा दुग्धजन्य उत्पादन पु¥याउने प्रयास जारी राखेका छन् ।

तर राज्यको कुरा गर्ने हो भने न भएको दुग्ध विकास संस्थान पूर्ण क्षमतामा चलाउन पहल भइरहेको छ न त निजीक्षेत्रका डेरी उद्योगहरुलाई सहयोग गर्न सकिरहेको छ । दुग्ध उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सक्ने आधार भइरहँदा राज्यकै अकर्मण्यताका कारण घाटा सहेर डेरी उद्योग सेवा दिइरहेका छन् ।

देशभर ठूला ३५ डेरी उद्योगले दुग्धजन्य पदार्थ उत्पादन र वितरणमार्फत देशलाई दूधमा आत्मनिर्भर बनाउने प्रयास गरेका हुन् । अस्थिर कृषि नीतिका कारण नेपाली डेरी उद्योग धरासायी बनिरहेका छन् । यही अस्थिर नीतिको फाइदा उठाउँदै मुलुकमा हरेक वर्ष वार्षिक ३ अर्ब रुपैयाँको दुग्धजन्य पदार्थ आयात भइरहेको छ ।

-सुबिना केसी

२०७४ फागुनदेखि पुनः सञ्चालित चितवन मिल्कको घाटाको कुरा गर्ने हो भने डेढ अर्ब रुपैयाँ छ । तर उद्योगले दैनिक १ लाख लिटर दूध प्रशोधन गरिरहेको छ । उद्योगको २ लाख ५० हजार लिटर दूध प्रशोधन क्षमता छ । दैनिक ३५ टन उत्पादन कोल्ड स्टोर क्षमता बढाएर २ सय टन क्षमताको कोल्ड स्टोर निर्माण जरुरी छ । १२ लिटर दूधबाट १ केजी पाउडर र साेही दुधबाट ५ केजी नाैनी दूध उत्पादन गरिरहेका डेरी उद्योगहरु अनेक समस्या खेपेर उद्योग चलाइरहेका छन् । चितवन मिल्कका अध्यक्ष राजुबावु श्रेष्ठ भन्नुहुन्छ, ‘राज्यको कृषि नीतिमा लगातार फेरबदलले ठूलो लगानी भएका डेरी उद्योग संकटमा छन् अनि वार्षिक १० अर्ब रुपैयाँ विदेशिइरहेको छ ।’

यस्तै, अर्को डेरी पुष्प डेरीका प्रबन्ध निर्देशक पुष्पराज बस्नेत स्वदेशमा उत्पादित दुग्धजन्य पदार्थ भन्दा भारतलगायतका देशबाट आयातीत दूग्धजन्य पदार्थ प्रतिलिटर ९ रुपैयाँ सस्तो हुँदा मुलुकमा दुग्धव्यवसायमा भविष्य खोजिरहेका उद्योगी विस्थापित हुने अवस्थामा पुगेको बताउनु हुन्छ । भन्नुहुन्छ, ‘राज्यले कम्तीमा प्रतिलिटर ६ रूपैयाँ अनुदान दिन सके स्वदेशी दुग्ध उद्योगहरु दुग्ध आयात बन्द गरी देशलाई आत्मनिर्भर बनाउन सक्ने हुन्छन् ।’

अघिल्लो साता देशका केही प्रमुख शहरका डेरी उद्योग र दुग्ध विकास संस्थान अनुगमन भए । अनुगमन, अध्ययन भ्रमणमा कृषिमन्त्री चक्रपाणि खनाल पनि हुनुहुन्थ्यो । दुग्ध विकास संस्थान सुध्रियो कि सुध्रिएन, चासो यो पनि थियो । नेपाली किसानको उत्पादन खेर नजाओस् भनेर पाउडर दूध आयात निरुत्साहित बनाउने भनिएको छ ।

निजीक्षेत्रले त बजारमा भारतीय उत्पादन र सरकारी उत्पादनसँग प्रतिस्पर्धा गरेकै छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान भने पूर्ण क्षमतामा उत्पादन गर्न त परको कुरा उत्पादित सामग्रीसमेत गोदाम थन्क्याएर बसेको पाइएको छ ।

विराटनगरस्थित दुग्ध विकास संस्थानले दैनिक ६० हजार लिटर दूध उत्पादन क्षमता राख्छ । तर उत्पादन भइरहेको छ दैनिक ३६ हजार लिटर । अनि बजारीकरण पनि सहज छैन ।

जम्मा ६ प्रतिशत अनुदान दिने हो भने हामी १० अर्ब रुपैयाँको दुग्जन्य आयात रोक्न सक्छौँ । अनि डेरी उद्योगहरु दूधमा आत्मनिर्भर हुनेछन् । दुग्ध विकास संस्थानले पनि आफ्ना क्षमता अनुसार दूग्धजन्य उत्पादन बजारमा पु¥याउन सके स्वतः विदेशी आयात रोक्न मदत पुग्ने देखिन्छ । तर डेरी उद्योगीको माग ६ प्रतिशत अनुदान कहिले होला पूरा ?

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…