Nic

बालकथाः म के बनूँला ?

राजकुमार जैन ‘राजन’

गणेश हात्तीको उमेर भर्खरै आठ वर्ष भएको थियो । ऊ चम्पक वनको राजु हात्तीको छोरो थियो । ऊ एकदम मोटोघाटो र सुन्दर थियो । सबैले उसलाई माया गर्थे । सबैले उसलाई भविष्यमा के बन्छौ भनेर सोध्थे । गणेश पनि यो प्रश्नको जबाफ दिन सधैं तयार हुन्थ्यो ।

एक दिन जङ्गल स्कुलको प्रधानाध्यापक रोमी हरिणले उसलाई माया गरेर सोधे – ‘छोरा, तिमी ठूलो भएपछि के बन्छौ ?’

उसले तुरुन्तै जबाफ दियो–‘थानेदार ! मलाई थानेदार बन्न धेरै मन लाग्छ । म थानेदार बनेर कहीँ कतै नराम्रो अथवा गलत काम भयो भने त्यसलाई रोक्नेछु । बदमास जनाबरलाई समातेर थानामा बन्द गरिदिनेछु ।’

‘तर छोरा, थानेदार बन्नलाई त धेरै मिहिनेत गर्नुपर्छ । त्यसैले यो काम तिमी गर्न सक्दैनौ ।’ रोमीले भने ।

प्रधानाध्यापकको यो कुरा सुनेपछि गणेशले आफ्नो विचार बदल्यो ।

एक दिन ऊ विद्यालयबाट घर जाँदै थियो । त्यसै वेला उसले पुसी बिरालीको अस्पताल देख्यो । अस्पतालमा धेरै बिरामीहरु उपचार गराउन आफ्नो पालो पर्खिरहेका थिए । अब उसले आफू ठूलो भएपछि डाक्टर बन्ने र बिरामी जनाबरहरुको उपचार गरेर उनीहरुको दुःखदर्द हटाएर सेवा गर्ने निश्चय ग¥यो ।

उसले यो कुरा आफ्नो ठूलो दाजु गोलू हात्तीलाई बतायो । गणेशले आफू ठूलो भएपछि डाक्टर बन्छु भनेको सुनेर गोलूले भन्यो–‘भाइ, डाक्टरी पढ्न धेरै पैँसा चाहिन्छ । हामी गरिब छौँ । हाम्रो आम्दानी थोरै छ । यस्तो अवस्थामा तिमीले डाक्टर बन्ने कुरा सोच्नु गलत हो ।’

एक दिन गणेशले आगो निभाउने रातो दमकल देख्यो । दमकल चिन्टू खरायोको घरमा लागेको आगो निभाउन आएको थियो । दमकलले आगो निभाएको देखेपछि गणेशले आफू फायर ब्रिगेडको नोकरी गर्ने अनि आगो निभाउने काम गरेर अरुको सहायता गर्ने विचार ग¥यो ।

अर्को दिन गणेश आफ्ना साथीहरुसँग सहर घुम्न गयो । सहरमा रेल देखेर उसले रेलगाडी चलाएर पूरा संसार घुम्ने विचार ग¥यो ।

घर आएर गणेशले यो कुरा आफ्नो बुबा राजु हात्तीलाई बतायो–‘बुबा, म ठूलो भएपछि रेलको ड्राइभर बन्छु ।’
‘तर छोरा, तिमी त डाक्टर बन्न चाहन्थ्यौ ? फायर ब्रिगेडको नोकरी गर्न चाहन्थ्यौ ?’
‘ओहो बुबा, म रेलगाडी चलाएर बचेको समयमा डाक्टरी पनि गर्छु । यसो गर्दा मलाई कुनै समस्या हुँदैन ।’
गणेशको कुरा सुनेर उसका बुबा बेसरी हाँसे ।

तर गणेशले गम्भीर भएर भन्यो–‘तपाईँ मेरो कुरामा हाँसिरहनुभएको छ तर मैले साँच्ची भनेको, म ठूलो भएपछि म यी दुबै काम गरेर देखाउँछु ।’

केही दिनपछि गणेशले फेरि आफ्नो बुबालाई भन्यो–‘म पत्रकार बन्छु ।’ फेरि केही दिनपछि भन्यो–‘म नेता बन्छु ।’

यसरी वेला वेलामा गणेशको विचार बदलिइरह्यो । कहिले ऊ वैज्ञानिक बनेर नयाँ आविष्कार गर्ने कुरा सोच्थ्यो भने कहिले पाइलट बनेर प्लेन उडाएर निलो आकाशमा घुम्ने कुरा सोच्थ्यो । फेरि कहिले लेखक बनेर राम्रा कथा लेख्ने विचार गथ्र्याे भने कहिले फिल्मको हिरो बन्नेकुरा सोच्थ्यो अनि कहिले साधु बनेर आत्माको कल्याण गर्ने विचार गथ्र्याे …।

यी सबै कुरा ऊ सपनामा हैन दिनको उज्यालोमा सोच्थ्यो । दिनभरि ऊ जे सोच्थ्यो त्यही भाव उसको अनुहारमा झल्किन्थ्यो । त्यसपछि ऊ आफू त्यही बन्छु भनेर सोच्न थाल्थ्यो जुन कुरा ऊ सोच्थ्यो । यसैले अब ऊ चिन्तित हुन थाल्यो र सबैबाट एक्लिएर एकाकी भयो ।

गणेशका सानाबा एक दिन गणेशको घरमा आए तर उसले कुनै ध्यानै दिएन । सानाबाले प्रेमपूर्वक उसलाई सोधे–‘गणेश, छोरा, के भयो ? तिमी यति चुप किन भएको ? तिम्रो समस्या मलाई भन । म समाधान गर्न मद्दत गर्छु ।’

सानाबाको कुरा सुनेर गणेशले सन्तोषको सास फेर्दै भन्यो–‘सानाबा, म ठूलो भएर के बन्छु भनेर मलाई नै थाहा छैन । त्यसैले म चिन्तित छु …।’

‘गणेश, अहिले तिमी सानै छौ । ठूलाले गर्ने जस्तो काम गर्ने तिम्रो उमेर भएको छैन । तिमी आफ्नो ध्यान पढाइमा लगाऊ । सही समयमा खेल्नु, खानु, पढ्नु, स्कुल जानुपर्छ । जब तिमी ठूलो हुनेछौ तब यी सबै कुरा तिमीलाई काम लाग्नेछन् । अहिले तिमी केवल यति मात्र सोच कि ठूलो भएपछि असल जनाबर बन्नु छ ।’

सानाबाको कुरा सुनेर गणेशलाई लाग्यो कि ऊ अहिले धेरै सानो छ । त्यसैले ऊ भविष्यमा के बन्ने हो भन्ने कुरा उसलाई थाहा छैन ।
सानाबाले फेरि गणेशलाई सम्झाउँदै भने–‘यदि तिमी एक असल जनाबर बन्यौ भने आफ्नो योग्यताले आफ्नो रुचिअनुसारको कुनै पनि काम सजिलै गर्न सक्नेछौ ।’

गणेशलाई सानाबाको कुरा असाध्यै राम्रो लाग्यो । ऊ उनीसँग टाँसियो ।

अब कसैले गणेशलाई ठूलो भएर के बन्छौ भनेर सोध्यो भने ‘असल जनाबर बन्छु अनि राम्रा काम गर्छु’ भन्ने उसको एउटै जबाफ हुन्थ्यो ।
गणेश हात्तीलाई पनि उसले सही जबाफ दिए जस्तो लाग्थ्यो । अब फेरि ऊ प्रसन्न हुन थाल्यो ।

 

हिन्दीबाट अनुवादः सुमी लोहनी
भाटभटेनी, काठमाडौं ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…