Nic

‘विरोधाभाषमा बाँचेको छ जीवन’

काठमाडौं । हालै मात्र ‘भष्मासुरको देश’ कविता संग्रहका साथ आउनुभएको छ, कवि वाक्सेली थापा । पेशाले नेपाल प्रहरीको इन्स्पेक्टर पदमा कार्यरत भएर पनि थापा विद्रोह बोल्ने कविका रुपमा देखिनुभएको छ । उहाँका कवितामा देशका शासकहरुका प्रवृत्तिप्रतिका असन्तुष्टि, विकाससँगै बढेको विकृतिका बीच हराउँदै गइरहेको मौलिकताको खोजी, मान्छेका प्रवृत्ति र व्यवहारको सम्बन्ध आदि पक्षहरु चित्रण गरिएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘किताबका कुरा’ मा कवि थापासँग अशेष घिमिरेले कुराकानी गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘केही कुरामा असहमति हुँदा लेख्ने हो । मेरो लेखाइको क्रम असन्तुष्टि र असहमतिको उपज हो । लेखक आफैमा जिम्मेवार भएकाले आफैले भोगेको समयलाई अभिव्यक्त गर्ने हो ।’

‘राजनीति धमिलियो भने सबै नीति धमिलिन्छन् । देशका शासकहरुका प्रवृत्तिप्रति असन्तुष्टि हुँदा कविता जन्मिन्छ । राजनीतिमा असल पात्र टिक्ने प्रचलन नभएको र मौका हातमा परेपछि गरिने नेतृत्ववर्गको व्यवहारलाई मेरा कविताले अँगाल्दछन् ।’

कवि वाक्सेली भन्नुहुन्छ, ‘मान्छे राजनीतिक प्राणी हो । उसले सही र गलत छुट्याउने क्षमता राख्दछ । गलत कुराहरु देखिए कविले त्यसलाई उतार्नुपर्छ भन्ने मान्यता राख्दछु ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…