तिम्रो किड्नी खान्छु भन्दै ‘करोडपति प्रेमी’लाई १ लाख ३९ हजार एसएमएस

काठमाडौं । यो संसार अनेक अनौठा घटनाक्रमको अभिलेख पनि हो । यहाँ बेलाबेला यस्ता घटना हुन्छन् कि, दुनियाँलाई ‘चक्कर’ लाग्न सक्छ । दुनियाँ बाफ् रे ! भन्दै जिब्रो टोक्छन् । मेरी बास्सै भन्दै टाउको समात्छन् ।

एउटा उदेकलाग्दो घटना बाहिर आएको छ अमेरिकाको फ्लोरिडाबाट । र, यो घटनाकी पात्र हुन् ज्याकलिन एडिस । उनको एक डेटिङ साइटमा भेट भयो छालाको हेरचाह गर्ने कम्पनीका सिइओसँग । मामला यो थियो कि, उनीहरुको डेटमा पुरुषले सम्बन्ध अघि बढाउन चाहेनन् । अर्थात् ज्याकलिनलाई ‘इग्नोर’ महसुस भयो । यसपछि के चाहियो र । ज्याकलिनले दैनिक ५ सय एसएमएस पठाउन थालिन् ती पुरुषलाई ।

करिब १ लाख ३९ हजार एसएमएस गरिन् ज्याकलिनले । एसएमएसका केही नमूना यस्ता थिएः

‘म तिम्रो हत्या गरेर रगतले नुहाउन चाहन्छु ।’
‘म तिम्रो किड्नी मिश्रित खाना खान चाहन्छु र त्यसका लागि तिम्रो हातको हड्डीको चपस्टिक्स बनाउन चाहन्छु ।’

यति मात्र होइन, ज्याकलिनले ती पुरुषलाई लगातार फलो गरिरहिन् । एकपटक त ज्यालिनले आफ्नो निबासमा पतिको नाम भनेर तिनै डेटमा गएका पुरुषको नाम पनि लेखिन् । जम्मा एकपटक डेटमा गएपछि रुची नबढेर बेवास्ता गरेकै कारण १ लाख ३९ हजार एसएमएस र पढ्नै नसकिने सन्देशपछि पीडित पुरुषले प्रहरीमा उजुरी गरे । उजुरीपछि ज्याकलिनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…