यी हुन् विश्वका १० महंगा यौनकर्मी

काठमाडौं । यौन चाहना विशुद्ध प्राकृतिक भएकाले स्वाभाविक रुपमा हरेक व्यक्तिमा हुन्छ । निश्चित उमेर समूहमा प्रवेश गरेपछि हरेक महिला तथा पुरुषमा यौन चाहना पलाउँछ । तर, यसको मात्रा भने व्यक्तिअनुसार फरक हुनसक्छ । यौनचाहनालाई वैधानिक रुप दिन समाजमा विवाह गर्ने प्रचलन विकास भएको पाइन्छ ।

मान्छे वैवाहिक सम्बन्धमा बाँधिनुको मुख्य कारण शारीरिक सम्बन्ध नै हो भन्दा पक्कै पनि मत–मतान्तर हुन सक्लान् । तर घोत्लिएर सोच्ने हो भने यथार्थलाई तर्कले सायदै प्रमाणित गर्ला । विवाहले मात्रै मान्छेका असीमित यौनचाहना नियन्त्रण गर्न नसकेको तीतो यथार्थ दुनियाँमा जगजाहेरै छ । चाहनामा सीमितता हुन्थ्यो भने शारीरिक सम्बन्धलाई पेशा बनाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै जाने थिएन । यसो भनिरहँदा सबै विवाहित दम्पतीको हकमा पक्कै लागु हुने छैन पनि ।

अचेल प्रविधिले जोडेको विश्व बजारमा विभिन्न उमेर, मूल्य र आकारका महिला साथीहरु पाइन्छन् । विशेषगरी उच्च वर्गका शौखिन व्यक्ति चाहना पूरा गर्न लाखौँ तिर्न तयार हुन्छन् । विश्वकै शीर्ष व्यापारीहरु यस्ता महिलासँगको सहबासले सडक छाप भएका प्रशस्तै उदाहरण पनि छन् । तर, यौनकर्मीहरुकै लागि चलाइएका हजारौँ वेबसाइट सञ्चालकहरु भने रातारात अरबपति बन्दैछन् । प्रविधिको निकै सहज पहँुचले यस्ता वेबसाइटलाई उच्च घरानाका ग्राहक खोज्न निकै सहज भएको छ ।

एक सर्वेक्षणले सन् २०१९ मा विश्व यौन बजारमा महंगा १० यौनकर्मीलाई चित्रित गरिएको छ, जो सन २०१८ को यौन बजारमा पनि एकाधिकार बनाएर बसेका थिए ।

१. क्यानिस फिल्म फेस्टिभल Cannes Film Festival
उनी विश्वकै सर्वाधिक महंगो यौनकर्मी हुन् । उनीसँग समय बिताउन त्यति सजिलो छैन । उच्च वर्गका व्यापारी र धनाढ्यको रोजाइमा पर्छिन् उनी । हेर्दा कुनै सुन्दरी भन्दा कम छैनन् उनी । उनीसँग समय बिताउने सपनालाई यथार्थमा बदल्ने हो भने एक रातको ४० हजार डलर तिर्न तयार हुनुपर्छ । त्यसभित्र पनि उनका आफ्नै शर्तहरु हुन सक्छन् ।

२. लौरेन Lauren
उनी महंगो यौनकर्मीको सूचीमा दोस्रो नम्बरमा पर्छिन् । उनको मिलेको जिउडाल, सुन्दर अनुहार र मृगनयनी आँखासँग सामीप्यता कायम गर्न त्यति सजिलो छैन । उनले आफ्नो एक रातकै मूल्य २४ हजार डलर निर्धारण गरेकी छिन् ।

३. नताली म्याक्लेन्नान Natalie McLennan
नताली महंगा यौनकर्मीको सूचीमा तेस्रो नम्बरमा छिन् । आकर्षक शारीरिक वनावट र आँखामा सजिलै कैद हुने उनको सुन्दरतासँग सम्भ्रान्त वर्गका सौखिन लोभिने गर्दछन् । उनी एक रातकै १६ हजार डलर लिने गर्छिन् ।

४. अलिना पर्सिया Alina Percea
उनलाई सन् २०१८ को सर्वेक्षणले महंगा यौनर्मीको सूचीमा चौथो नम्बरमा राखेको छ । उनको सुन्दरता र कलकलाउँदो वैंशसँग सामीप्यता कायम गर्न एक रातकै ८ हजार ८ सय डलर तिर्नुपर्छ । सन् २००९ मै १८ वर्षको उमेरमा निकै ठूलो रकममा उनले आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन् ।

५. आभा सियान Ava Xi’an
उनी यौनकर्मी हुन् । पछाडिको कारण भने निकै दुःखदायी छ । अकस्मात उनका बुबा बिरामी परेपछि उपचारका लागी पैसा जोहो गर्न उनी यौनकर्मी बन्न बाध्य भइन् । उनले बुबाको उपचारका लागि चाहिने पैसा जोहो पनि गरिन् । अहिले उनीसँग एकरात सँगै रहन ६ हजार ५ सय डलर तिर्नुपर्छ । उनी १० महँगा यौनकर्मीको सूचीमा पाँचौँ नम्बरमा पर्छिन् ।

६. एमएस माया ब्लु Ms. Maya Blue 
उनी हेर्दा कुनै सुन्दर अभिनेत्री जस्ती देखिन्छन् । महँगा यौनर्मीको सूचीमा ६ नम्बरमा परेकी माया ब्लु को आफ्नै वेबसाइट छ र त्यहीबाट उनले ग्राहकसँग सम्झौता गर्छिन् । उनी ग्राहकसँग रमाइला ठाउँ घुम्न रुची गर्छिन् । उनीसँग घुम्ने ग्राहकले एक रात सँगै कटाउन ४ हजार ५ सय डलर अग्रिम भुक्तानी दिनुपर्छ ।

७. आश्ले डुपे्र (क्रिस्टेन) Ashley Dupre (Kristen)   
उनी सर्वाधिक महँगा यौनकर्मीको सूचीमा सातौँ नम्बरमा पर्छिन । विभिन्न उच्चपदस्थ व्यक्तित्वसँगको उनको प्रेम सम्बन्ध पनि चर्चाको विषय बने । उनी विशेषगरी उच्च वर्गका व्यक्तिसँग सम्बन्ध स्थापित गर्न रुचाउँछिन् । उनीसँग एक रात विताउन ४ हजार ३ सय डलर तिर्नुपर्छ ।

८. जस्ट कास्सान्द्रा Just Kassandra   
उनी महँगा यौनकर्मीको सूचीमा आठौँ नम्बरमा पर्छिन् । उनीसँग रात बिताउन पैसा तिरेर मात्रै पुग्दैन । उनलाई ग्राहक पनि मन पर्नैपर्छ । उनी मन परेको ग्राहकसँग साहसिक यात्रामा जान रुचाउँछिन् । उनीसँग समय बिताउन ग्राहकले एक रातको ३ हजार डलर तिर्नुपर्छ ।

९. लोरेडाना जोली Loredana Jolie
गोरो वर्ण, ठूला ओठ र चहकिला आँखा हेर्दा उनी निकै सुन्दर गुडियाजस्ती लाग्छिन् । उनीसँग समय बिताउन एक रातको २ हजार डलर तिर्नुपर्छ । उनले कुनै समय एकरातकै १५ हजार डलर लिएका प्रमाण पनि छन् । उनलाई रातको २ हजार डलरमै राजी गराउन अग्रिम बुकिङ गर्नुपर्छ ।

१०. जाहिया देहार Zahia Dehar
जाहियाको हेर्दा आकर्षक जिउडाल मात्रै होईन, सुन्दरता पनी उत्तिकै लोभलाग्दो छ । उनलाई गुडीयासंग तुलाना गर्नेहरुको जमात ठुलो छ । उनको उपस्थितीमा एक रात बिताउन १२०० डलर खर्च गर्नुपर्छ । उनिसंग १ दिनमात्र होईन १ मिहिनानै विताउन चाहाना हुनेहरुले एकमुष्ट ३२,००० डलर भुक्तानी दिनुपर्छ ।

यो सर्वेक्षणले के दखाएको छ भने, मान्छे शारीरीक सुखसुविधामा दिनप्रतिदिन लिप्त हुँदै गइरहेको छ । यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको पुष्टि भएको छ । कोही रहर त कोही बाध्यताले यौनधन्दामा तल्लिन भएको देखिन्छ । खासगरी यौनसन्तुष्टिका लागि मान्छे भने जति पैसा खर्च गर्न राजी हुन थालेको पनि देखिन्छ । विश्व यौन बजार विस्तारमा सबैभन्दा सजिलो माध्यम बनेको छ वेबसाइट । यो समाज बनाउने, मानव जातिलाई अशल मार्गमा लैजाने र जीविकोपार्जनको इज्जतिलो पेशा हुँदै होइन है ! हामी त समाजलाई ‘एक नारी ब्रम्हचारी’मै सदाचारमा रहन अपिल गर्दछौँ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…