कामका सिलसिलामा घर भन्दा बाहिर बसिरहेका महिला पत्रकारका पतिले धेरै साथ, सहयोग, त्याग नगर्ने हो भने घरबार बिग्रन अरु कुनै कारण चाहिँदैन । त्यसैले पत्रकारको श्रीमती तातो र भात चिसो हुन्छ भन्ने भनाइ महिला पत्रकारको हकमा पनि बराबर लागु हुन्छ । महिला पत्रकारको श्रीमान पनि तातो नै हुन्छन् रिसको पारो चढाएर । भात चिसो पारिरहेका हुन्छन् पत्नी कुरिरहँदा । यो एउटा सानो र फरक बहसमा तपाईंको सहमति र असहमति मेरा लागि स्वीकार्य छ !
हिजो मात्रै अफिसका एकजना भाइले ३ वर्ष पुरानो लेख शेयर गरे, ‘पत्रकारकी श्रीमतीका पीडा ।’ जुन २०७२, वैशाख ११ मा कान्तिपुरमा प्रकाशित भएको थियो । त्यो लेख त हामीले पहिला पनि पढेकै हौँ, तर हिजो फेरि पनि त्यो लेख पढिरहँदा सोच्न बाध्य भएँ, ‘महिला पत्रकारका पतिको पीडा पनि त कम छैनन् ।’ जो महिला पत्रकार मिडिया हाउसमा काम गर्छन्, उनीहरुको निजी जिन्दगी पनि त कामकाजको दौरान प्रभावित भएकै छ ।
[caption id="attachment_53050" align="alignright" width="150"]
–प्रतिमा चौधरी[/caption]
बिहे गर्न पनि एक हप्ता भन्दा बढी बिदा नपाइने । हनिमुनका लागि देश विदेश भ्रमणमा जाउँला भन्ने सोच्नु त ‘आकाशको फल आँखा तरी मर’ भनेसरह हुन्छ । चाडबाडमा पनि बिदा आलोपालो बस्नुपर्ने हुँदा चाडपर्वको रौनकले पनि महिला पत्रकारलाई खासै छुँदैन । अनि यस्तो परिस्थितिमा श्रीमान कति मारमा पर्दा हुन्, सहजै अनुमान लगाउन सकिन्छ । किनकी पतिको बिदा हुँदा श्रीमतीको बिदा हुँदैन, पति फुर्सदमा हुँदा श्रीमतीको फुर्सद हुँदैन । यस्तोमा ती श्रीमानको मनमा पनि कस्तो भावना बन्दो हो, मन चैतको हूरी झैँ एकनासले उड्दो हो । मनमा हजार कुरा खेल्दा हुन् । अलि अलि वैवाहिक जीवनसँग पनि रिस उठ्दो हो ।
झन् केटाकेटी पनि छन् भने त जिन्दगीको पाटै अर्को बन्छ । केटाकेटीलाई स्कुल पुर्याउने, ल्याउने जिम्मा, घरमा होमवर्क गराउने, खाजा बनाएर खुवाउने जिम्मा पनि काममा अभ्यस्त श्रीमानले अफिसको समय मिलान गरेर गर्नुपर्ने बाध्यता हुन्छ । या त महिला पत्रकार आफैँले पनि समय मिलाएर घर परिवार सम्हाल्दै जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ ।
महिला पत्रकारका घरमा पनि कहिलकाहिँ त पाहुना आउँछन् नि ! त्यस्तो बेला उनको बिदा मिल्न गाह्रो हुने गर्छ । अनि महिला पत्रकारका श्रीमानलाई पाहुनाको स्वागत सत्कार त्यतिकै गाह्रो हुन्छ, जसरी पत्नीको जागिरले तनाव पनि दिइरहेको हुन्छ । पाहुनापासा आउँदा होस् या चाडपर्व र कुनै घुमफिरविनाको जिन्दगीमा एक्लो महसुस श्रीमानलाई पनि हुन्छ भनेर हामी महिला पत्रकारले पनि सोच्ने बेला भएको छ ।
अझ सन्ध्याकालीन र रात्री सिफ्टमा काम गर्ने महिला पत्रकार छन् भने त उनीहरुको र परिवारको समस्या अरु बढ्न सक्छ सुख्खामा सल्किएको चैतको डढेलो झैँ । किनकी घर पुग्दा रातको १० बज्छ । श्रीमान र बच्चा उनलाई कुरेर बसेका हुन्छन्, सँगै डिनरका लागि । अझ कहिलेकाहिँ त केही विशेष इभेन्ट छ वा कतै दम्पती नै जानैपर्ने कार्यक्रम छ भने रातको १२ वा १ पनि बज्न सक्छ । यस्तोमा जति सहयोग गर्ने श्रीमान भए पनि उनलाई पनि झर्को लाग्छ । काममा थाकेर आएको थाहा हुन्छ, तर मन नमानेर थोरै रिसाएको अवतारमा प्रकट हुन अस्वाभाविक होइन ।
प्रसंग थप्दै जाउँ, कहिलेकाहिँ डे ड्युटी हुँदा श्रीमानले मूभी वा बाहिर डिनरको प्लान गर्छन्, तर अचानक सहकर्मी बिमारी परेको खबर आउँछ र त्यो दिन ‘डबल ड्यूटी’ गर्ने बाध्यता आइलाग्छ । यस्तोमा उनलाई रिसिभ गर्न अफिस आइपुगेका श्रीमानलाई कति पीडा होला ? अब आइन्दा कुनै योजना नबनाउने भन्दै उनी रिसाउँदै अफिसबाट निस्कँदा यता समाचार पढ्नेको हालत के होला ? न्युजरुममा दिनु पर्ने गुणस्तरमा पनि कमी । उता मायाममतामै पहिरो अनि डबल ड्युटी आफैँमा कामको बोझ । महिलामा पनि डिप्रेसन नै आउन सक्छ । समझदार श्रीमानले मात्रै सम्हाल्न सक्छन् घर ।
दशैँ वा तिहारमा हो पत्रकारहरुले एकमुष्ट बिदा पाउने, तर त्यसमा पनि आलोपालो बिदा बस्नुपर्ने भयो भने श्रीमानको योजनामा फेरि पनि श्रीमतीको साथ नहुन सक्छ । श्रीमतीबिनाको एक्लो घुमफिर के जानु भन्दै कयौँ मौका खेर गइरहेको हुन्छ । बिदाभर मुख फुलाएर बसेका श्रीमानलाई कसरी फकाउने भन्ने चिन्ता र त्यो मनोदशा बुझ्ने कमाण्डर समाचार कक्षमा कहिले होला ? महिला पत्रकारका सास्ती किन छलफलको विषय बन्दैन हाम्रो समाजमा, समाचार कक्षमा, व्यवस्थापनामा ।
महिला पत्रकारका घरमा पनि कहिलकाहिँ त पाहुना आउँछन् नि ! त्यस्तो बेला उनको बिदा मिल्न गाह्रो हुने गर्छ । अनि महिला पत्रकारका श्रीमानलाई पाहुनाको स्वागत सत्कार त्यतिकै गाह्रो हुन्छ, जसरी पत्नीको जागिरले तनाव पनि दिइरहेको हुन्छ । पाहुनापासा आउँदा होस् या चाडपर्व र कुनै घुमफिरविनाको जिन्दगीमा एक्लो महसुस श्रीमानलाई पनि हुन्छ भनेर हामी महिला पत्रकारले पनि सोच्ने बेला भएको छ । यस्तो बेला व्यावहारिक बनेर बिदा मिलाइदिने समाचार कक्ष कमाण्डरको खोजी व्यवस्थापनले पनि गर्नु उचित नै हुन सक्छ । पत्नीको जागिरका लागि कयौँपटक ‘शहीद’ बनेका ‘श्रीमानजी’का पक्षमा किन लेखिएन अहिलेसम्म ?
कहिलेकाहिँ डे ड्युटी हुँदा श्रीमानले मूभी वा बाहिर डिनरको प्लान गर्छन्, तर अचानक सहकर्मी बिमारी परेको खबर आउँछ र त्यो दिन ‘डबल ड्यूटी’ गर्ने बाध्यता आइलाग्छ । यस्तोमा उनलाई रिसिभ गर्न अफिस आइपुगेका श्रीमानलाई कति पीडा होला ? अब आइन्दा कुनै योजना नबनाउने भन्दै उनी रिसाउँदै अफिसबाट निस्कँदा यता समाचार पढ्नेको हालत के होला ? न्युजरुममा दिनु पर्ने गुणस्तरमा पनि कमी । उता मायाममतामै पहिरो अनि डबल ड्युटी आफैँमा कामको बोझ । महिलामा पनि डिप्रेसन नै आउन सक्छ । समझदार श्रीमानले मात्रै सम्हाल्न सक्छन् घर ।
कामका सिलसिलामा घर भन्दा बाहिर बसिरहेका महिला पत्रकारका पतिले धेरै साथ, सहयोग, त्याग नगर्ने हो भने घरबार बिग्रन अरु कुनै कारण चाहिँदैन । त्यसैले पत्रकारको श्रीमती तातो र भात चिसो हुन्छ भन्ने भनाइ महिला पत्रकारको हकमा पनि बराबर लागु हुन्छ । महिला पत्रकारको श्रीमान पनि तातो नै हुन्छन् रिसको पारो चढाएर । भात चिसो पारिरहेका हुन्छन् पत्नी कुरिरहँदा । यो एउटा सानो र फरक बहसमा तपाईंको सहमति र असहमति मेरा लागि स्वीकार्य छ !
(प्रतिमा, जनता टेलिभिजनमा समाचार सम्पादक र प्रस्तोता हुन्)