ए डिभिजन लिग विजेता मनाङको अन्त्य रहेन सुखद्

काठमाडौं । असोज १३ गतेदेखि शुरु भएको शहिद स्मारक ए डिभिजन लिग फुटबल मंगलबार सकिएको छ । लिग अन्र्तगत १२ खेलमा अपराजित रहँदै उपाधि जितेको मनाङ मस्र्याङदी क्लव अन्तिम खेलमा भने पराजित भयो ।

लिग अन्र्तगत १२ खेलमा अपराजित रहँदै उपाधि आफ्नो पक्षमा पारेको मनाङको अन्त्य भने सुखद हुन सकेन । सबैभन्दा धेरै पटक लिगको उपाधि हात पार्ने रेकर्ड राखेको मनाङ अपराजित रहँदै उपाधि जीत्ने प्रयास फ्रेन्ड्स क्लवले सफल हुन दिएन् । लिगको अन्तिम खेलमा उपाधि विजेता मनाङ ११ औं स्थानको फ्रेन्डससँग १–० ले स्तब्ध भयो । अन्तिम खेलमा जीत दिलाउने क्रममा फ्रेन्ड्सका विकास लामाले ९६ औं मिनेटमा गोल गरे । मनाङका अन्जन विष्टको तीनवटा प्रहार गोलमा परिणत हुन सकेन ।

तीन खेल अगाडी नै लिगको उपाधि आफ्नो पक्षमा पारेको मनाङले अन्तिम खेलमा सोचे अनुसार प्रदर्शन गर्न सकेन । बीना दवाव मैदान उत्रदा पनि मनाङ लयमा देखिएन ।

लिगको विधागत उपाधिमा भने मनाङको नै दवदबा देखियो । मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर हुँदा मनाङ कै हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए । मनाङका सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने । उत्ृकट फरवार्डको उपाधि आर्मीका भरत खवासले जीत्दा उत्कृष्ट डिफेन्डरको उपाधि थ्रीस्टारका रञ्जित धिमालले जीते । विजेता सबैले पल्सर मोटरसाइकल र ५० हजार रुपैयाँ नगद पाए । प्रतियोगिताको प्रतिभावान खेलाडी भने आर्मीका विकास खवास बने । उनले एक लाख नगद प्राप्त गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…