राष्ट्रपति कप ब्याडमिन्टन प्रतियोगिता शुरु

विराटनगर । राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रतियोगिता मंगलबार शुरु भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको उदघाटन गर्दै प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रमा जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा मंगलबार भएको यु –१९ को खेलमा नेपालका प्रिन्स दाहाल, प्रफुल महर्जन, सत्यम सुब्बा, प्रनिषसिंह ठकुरी, पविन लिन्थेप र म्यानमारका थु रिन रहेका छन् ।

प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, विवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बम विजयी भई अन्तिम आठमा पुगेका छन् ।

प्रतियोगिता यु–१५ ब्वाइज र गल्र्स एकल तथा यु–१९ ब्वाइज र गल्र्स एकल तथा युगल गरी ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका विजयीलाई दुई लाख ५० हजार बराबरको नगद पुरस्कार राशी प्रदान गरिने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…