सशस्त्र प्रहरी बलमा कार्यरतलाई नेपाल प्रहरी र सेनामा !

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुको रोकिएको बढुवालगायतका वृत्ति विकासको अवसर प्रदान गर्न सशस्त्र प्रहरी ऐन संशोधन प्रक्रिया शुरु गरिएको बताउनुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उहाँले बलमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका माग सम्बोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । ऐनका कारण केही समययता बढुवा रोकिएको भएपनि अब फुकाउँदै लैजाने गृहमन्त्री थापाको योजना छ ।

गृहमन्त्री थापाले सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी र नेपाली सेनामा सरुवा गर्न मिल्ने/नमिल्ने विषयमा बहस शुरु भएको उल्लेख गर्दै त्यसलाई पनि छिट्टै निष्कर्षमा पु¥याउने प्रतिवद्धता पनि जनाउनु भयो । संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । प्रहरी बलको बढुवालगायतका वृत्ति विकास रोकिएको गुनासो आइरहेकाले समस्या विधिसम्मत ढंगले तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो । समितिले सशस्त्र प्रहरी बलको कामलाई प्रभावकारी बनाउने गरी नीति तय गर्न पनि सरकारलाई सचेत गराएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…