दुर्गाले रगत दिइन्, यज्ञराज किन डराए ?

धर्मराज कठायत
कञ्चनपुर । निर्मला पन्तको डिएनए नक्कली भएको हल्ला चलिरहेका बेला प्रमाणित गर्न आमा दुर्गादेवी पन्तको रगत नमुना संकलन गरिएको छ ।

निर्मलाकी आमाको स्वेच्छामै रगतको नमुना संकलन गरिएको हो । रगतको नमुना संकलन गरी डिएनए जाँच गरिपाउँ भनि आमा दुर्गादेवी पन्तले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिनुभएको थियो । दुर्गादेवीको निवेदनको आधारमा नमुना संकलन गरिएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले दुर्गाको रगत नमुना संकलन गरेको हो । दुर्गाले रगतको नमुना दिएपछि आफ्नै छोरीको गुप्ताङ्गमा भेटिएको ‘भेजिलन स्वाब’ पठाएको हो/होइन भनी एकिन गर्न सहज हुनेछ ।

दुर्गाले भन्नुभयो, ‘मैले श्रीमान यज्ञराजसँग रगत दिउँ भन्दा मान्नुभएन, डरले हो वा कसैले उस्काए ।’ कञ्चनपुर प्रहरीले संकलन गरिएको रगतको नमुना बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…