बलिउडमा छाए रणवीर, तीन खानबारे दिए यस्तो जवाफ !

काठमाडौं । बलिउडका चक्लेटी नायक रणवीर सिंहको चर्चा चुलिँदो छ । उनको एकपछि अर्को फिल्म हिटको सूचीमा परेका छन् । ‘पद्मावत’ र ‘सिम्वा’पछि रणवीरको ‘गली ब्वाय’ बक्स अफिसमा धमाका मच्चाउने तयारीमा छन् । २०१८ भरी बलिउड नगरीमा रणवीरको नाम छाइरह्यो । सालको शुरुवात ‘पद्मावत’बाट गरेका उनले अन्त्य ब्लकबस्टर हिट ‘सिम्बा’बाट गरे । तर बलिउडका तीन खान (सलमान, आमिर, शाहरुख)का ठुलो लागानीका चलचित्रले भने दर्शकको मन जित्न सकेनन् । रणवीर सिंह चलचित्र नगरीका तीन खानलाई एक्लै टक्कर दिइरहेका छन् ।
‘गलि ब्वाय’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रणवीरले अब बलिउडमा आफ्नो पालो आएको ईशारा दिएका छन् । जब उनलाई एक पत्रकारले सोधिन् ‘बलिउडका तीन खानका फिल्मले सन्तोषजनक व्यापार गर्न सकेका छैनन्, तपाईलाई के लाग्छ ? अब बलिउडमा तपाईंको पालो आएको हो ?’ जवाफमा ठट्यौली शैलिमा रणवीरले भने–‘अब तपाईले भनिहाल्नु भो माने मैले ।’
रणवीरले भनेका छन् की, ‘म बलिउड उद्योगप्रति चासो राख्छु, यसकारण कुनै अर्को अभिनेताको फिल्मले राम्रो व्यापार गर्न नसक्दा मलाई दुःख लाग्छ । म सबैले आफ्नो चलचित्रका लागि कडा मेहनत गरेको देख्छु ।’ म चाहान्छु की सबै फिल्मले राम्रो व्यापार गरुन् । अझ मेरो फिल्मलाई आम दर्शकले रुचाईदिँदा मलाई झन खुशी लाग्छ ।
–एजेन्सीको सहयोगमा

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।