Nic

यसरी छट्पटिए तीन जहानः कोही बनेन सहारा

‘अर्बौँको लगानीमा गोठ भत्किए, मन भत्केनन्’

खेम बम
बाजुराको बुढीनन्दा नगरपालिका अहिले स्तब्ध बनेको छ । मंगलबार राति छाउगोठमा सुतिरहेको अवस्थामा एक महिला र दुई छोराको मृत्युको खबरले अगाउँपानी गाउँ शोकमा डुबेको हो । साँझको खाना खाएर सुत्न गएकी ३५ वर्षीया अम्बा बोहरा, १२ वर्षीय छोरा सुरेश र ९ वर्षीय रमितको एकै चिहान बन्यो । रातिको चिसो छल्न् गोठमा आगो बालिएको थियो । बलिरहेको आगो मत्थर भएसँगै उनीहरु सुते । आगो कोइला नहुँदै बचेका काठका टुक्रा जलेपछि धुवाँ निस्कियो । खुट्टापट्टी बालेको आगो ओछ्यानमा सल्कियो । बचाउ–बचाउ भन्न नपाउँदै ज्यान गयो ।

अम्बा महिनावारी भएको चौथो दिन भएको थियो । छोराहरुले पनि आमासँग सुत्न ढिपी गरे । नाबालकहरुले आमासँग सुत्न ढिपी गर्नु स्वभाविक हो । सधैँझै उनीहरु सुत्न गएका थिए । अँगेनामा बालेको आगोले यसरी ज्यान लिन्छ भन्ने कसरी सोच्न सक्थिन अम्बाले । महिनावारी भएको बेला यो उनको दैनिकी नै थियो । बिहिबारको दिन, एकाबिहानै उठ्ने बुहारी नआएपछि सासु विसु बोहरा उठाउन गइन् । त्यहाँ गोठभित्र जलेको अवस्थामा फेला परिन् अम्बा र दुई नाबालक नाती । अम्बाका खुट्टा जलेका थिए, ओछ्यान शरीरमा लपेटिएको थियो । जेठा छोरा सुरेशको मुखबाट रगत बगेको थियो । विसु आत्तिइन् र गाउँलेलाई गुहार मागिन् । गाउँले आएर तीनै जनालाई बाहिर निकाले । सबै अस्ताइसकेका थिए ।

गाउँमा रुवाबासी चल्यो । एकै परिवारका तीनजनाको मृत्यु भएपछि सबै स्तब्ध बने । दुई नाबालक नातीको मृत्युले निकै भक्कानिइन् विसु । प्रहरीलाई खबर गरियो । प्रहरी घटनास्थल पुग्यो । शवको पोस्टमार्टमका निम्ति तीनै जनालाई कोल्टी स्वास्थ्य चौकीमा राखिएको छ । घटनास्थल सदरमुकाम मार्तडी र कोल्टीको बीचमा पर्छ । मार्तडीदेखि ३ घण्टाको कच्ची सडक पार गरेपछि घटनास्थल पुगिन्छ । पान्डुसेन लेकाली क्षेत्र हो । त्यहाँ अहिले निकै चिसो छ । गोठमा आगो नबालेर बस्न सकिँदैन । सधैँ आगो बालेर सुत्ने अम्बाले मंगलबारपनि आगो बालेर सुतेकी थिइन् ।

अम्बाका .श्रीमान काँसी बोहरा मजदुरी गर्न भारतको पिथौरागढमा छन् । उहाँ बिहिबार(आज) मात्रै घर पुग्ने बुझिएको छ । उहाँ पुगेपछि मात्रै अन्तिम संस्कार गरिनेछ । घरमा सासु–ससुरामात्रै थिए । तीन भाई अलग भइसकेका छन् । काँसी माइला हुन् । मृतक नाबालक सुरेश नजिकैको हिमाली प्राविमा कक्षा ३ मा अध्ययनरत थिए । उनका भाई रमित कक्षा १ मा पढ्थे । उनीहरुको मृत्युले हिमाली प्राविपनि शोकमग्न बनेको छ । बाजुराका अधिकांश ठाउँमा घरसँगै जोडिएका साना छाउगोठ अझै कायमै छन् । पान्डुसेनसहित साविकका ६ गाविस छाउगोठमुक्त भएतापनि हालत उस्तै छ ।

गोठ भत्किए, मन भत्केनन्ः
बाजुरामा धेरै क्रियाशील एनजिओ/आइएनजिओले छोपडी प्रथाको उन्मुलनका क्षेत्रमा काम गरिरहेका छन् । तस्बिर खिचेर डोनर भित्र्याउने संघसंस्थाको समेत कमि छैन । तर हालत उस्तै छ । जब घटना हुन्छ, संघसस्थाले आफ्नो कर्तव्य बिर्सेर त्यहाँको परिवेश र प्रणालीलाई दोष दिन्छन् । त्यहाँका गन्नेमान्ने संघसंस्थाको विरुद्ध खनिन्छन् । त्यहाँ ‘सेटिङ’ मिलाउने बाहेक सर्वसाधारणका दुःख जस्ताको त्यस्तै हुन्छन् । लामो समय काम गरेका संस्थाले अझै छाउपडीप्रथाको उन्मुलन गर्न सकेनन् ।

स्थानीय तह गठन भएको एकवर्ष भन्दा बढी भयो । तर कुप्रथाका रुपमा रहेको छाउपडी उनीहरुको मुख्य एजेन्डा बन्नुपर्ने, बनेन । पहाड फुटाउन सक्रिय बनेको स्थानीय तह मानिसको ज्यानका बिषयमा संवेदनशील नबनेको त्यहाँका स्थानीयको आरोप छ । बृहत्त कार्यक्रमका माध्यमबाट यसको अन्त्य गर्नु गाह्रो बिषय होईन । अर्बौ बगाएर भित्र कोठामा सुत्न बनाउन नसक्ने एनजिओ/आइएनजिओको चौतर्फी आलोचना भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।