Nic

लाग्ने भो ‘चौका दाउ’, ट्रेलरले नै लगाउँछ काउकुती (भिडियोसहित)

काठमाडौं । हाँस्यप्रधान चलचित्र ‘चौका दाउ’ पुस २७ गते अर्थात् भोलि शुक्रबारबाट देशव्यापी प्रदर्शन हुने भएको छ । ‘चौका दाउ’मा ४ जना वृद्ध र जवान प्रेमीकाको रमाइलो कथा र त्यसपछिको वियोगान्त घटनाक्रम समेटिएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पास गर्दै चलचित्रलाई पिजि (प्यारेन्स गाईडेड) सर्टिफिकेट दिएको छ । १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा उक्त चलचित्र हेर्न पाउने छन् ।

चलचित्रमा सन्तोष पन्त, तैयव शाह, वर्षा राउत, अजस्र ढुंगाना, विल्सन विक्रम राई, रविन्द्र झा, निर्मल शर्माका साथमा सोनिका केसी, श्याम राई, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, सागर सिग्देल र शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय हेर्न सकिन्छ ।

वरिष्ठ संगितकार शम्भुजित वाँस्कोटाको कथा र सङ्गीत रहेको चलचित्र सौर्य प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रमा दिर्घ गुरुङको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ/भीमफेदी गाईजको नृत्य निर्देशन र मित्रदेव गरुङको सम्पादन रहेको छ । सौर्यजित वाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्र ‘चौका दाउ’को निर्देशन पुर्णेन्दु झा गर्नुभएको हो ।

चलचित्रको ट्रेलरलेनै काउकुती लगाइदिँदा दर्शकले मजैले रमाइलो लिने अपेक्षा गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…