पैसाले जोगिएन सम्बन्धः विश्वकै धनाढ्यको ‘डिभोर्स’

जोसेफ शाही

काठमाडौं । मन टुटेपछि पैसाको टेकोले मात्र नजोडिने रहेछ । तपाईंलाई आश्चर्य लाग्नसक्छ, अमेंजन कम्पनीका कार्यकारी प्रमुख जेफ बेजोस र उनकी पत्नी मैकेन्जी बेजोसले एक अर्कालाई डिभोर्स दिने भएका छन् । उनीहरुको विवाहको २५ वर्षपछि यस्तो दुखद खबर सार्वजनिक भएको हो ।

दुवैले ट्वीट गर्दै आफ्नो साझा धारणा सार्वजनिक गरेका छन् ।
बयानमा लेखिएको छ, ‘हामिले साथमा निकै लोभलाग्दो जिन्दगी बितायौँ, विवाह पछि भविष्यका लागि निकै सुन्दर सपना सजायौँ, असल माता–पिता र घनिष्ट साथिको रुपमा आ–आफ्नो भूमिका निर्वाह गर्यौँ जसमा हामी निकै खुशी थियौँ । लामो समयसम्म एक अर्काको साथ प्रेममा रहेपनि केही समयपछि आत्मीयता नरहेको अनुभव गरेपछि हामिले एक अर्कालाई डिभोर्स दिने निर्णय गरेका छौँ, हाम्रो साइनो फरक भएपनि राम्रो साथि रहिरहनेछौँ ।’

जेफकी पत्नी मैकेन्जी साहित्यकार हुन् । उनी ४८ वर्ष पुगिन् । हालसम्म उनले लेखेका २ वटा पुस्तक (सन् २००५ मा ‘आई द टेस्टिङ अफ लुथर’ र २०१३ मा ‘आई ट्रैप्शामिल) प्रकाशित भएका छन् ।

अघिल्लो वर्ष यस जोडीले एक च्यारीटी कार्यक्रम ‘द डे वन’को शुरुवात गरेका थिए । कार्यक्रमको उद्देश्य घरबार विहीनलाई सहयोग गर्ने र गरिब बालबालिकाका लागि विद्यालय निर्माण गर्नु थियो ।

हालै अमेजन कम्पनीले आफ्नो नाममा निकै ठूलो उपलब्धी हासिल गरेको थियो । अमेजन माईक्रोसफ्टलाई पछाडि पार्दै दुनियाँको सबैभन्दा मूल्यवान कम्पनी घोषित भएको थियो ।

५४ वर्षका जेफले २५ वर्षअघि अमेजन कम्पनीको शुरुवात गरेका थिए । ब्लुमवर्गको धनि व्यक्तिको सूचिमा जेफको नाम सबैभन्दा अगाडि आउँछ । उहाँसँग कुल १ सय ३७ विलियन डलर बराबरको सम्पती रहेको बताइएको छ । यो बिल गेट्सको भन्दा करिब ४५ विलियन डलर बढि हो ।

–एजेन्सीको सहयोगमा

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…