कंसाकार र देवकोटा निलम्बित नहुने, विशिष्ट व्यक्तिको मर्यादाक्रम सार्वजनिक

काठमाडौं । वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र हालका पर्यटन सचिव कृष्ण देवकोटा तत्कालै निलम्बित नहुने भएका छन् । छानबिनका क्रममा फरकफरक निष्कर्ष देखिएको भन्दै दोषी देखिएका कोहीपनि तत्कालै कारबाहीमा नपर्ने भएका हुन् । बिहीवार सिंहदरबारमा मन्त्रपिरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले संसद्को अन्य समितिहरुले विषयमा छानबिन गरिरहेको र उपसमितिको प्रतिवेदनमा पनि केही गल्तीहरु भेटिएको हुँदा यथार्थ विवरण आएपछि मात्रै दोषीलाई कारवाही गरिने प्रष्ट पार्नुभयो ।

मन्त्रिपरिषदले नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, स्वीकृत गरिएको छ भने राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेकाहरुको मर्यादाक्रम स्वीकृत भएको छ । नेपालगञ्ज (बाँके) रंगशाला परिसरभित्र रहेको दुई कठ्ठा सात धुर जग्गा राष्ट्रिय खेलकुद परिषद्लाई दिने स्वीकृति, सात प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नती र १३ जना महासेनानीलाई सरुवा, दूरसञ्चार नियमावली, स्वीकृत, विशेष आर्थिक क्षेत्र ऐन, संसदमा पेश गर्नेलगायतको निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न विकास समितिहरू संघ अन्तर्गत रहनेगरी कायम गरिएको, मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीको सेवाबाट अवकास दिने निर्णय गरिएको छ ।

प्रेस विज्ञप्ति

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…