Nic

‘कवि देवकोटा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । यूवा गायक विश्व नेपालीको रोमान्टिक यूगल गीत ‘कवि देवकोटा’ को भिडियो सार्वजनिक भएको छ । अलि गम्भीर प्रकृतिका गीतहरु गाउँदै आएका विश्वले ‘मिठो सार्है मिठो’ गीतको सफल्तापछि ‘कवि देवकोटा’ बजारमा ल्याउनुभएको हो । गीतको पाश्र्व गायनमा नेपालीलाई सुजाता उपाध्यायले साथ दिनुभएको छ ।

एकनारायण भण्डारीले कोरेका रमाईला शब्दमा आशिष अविरलको संगीत एवम् संगीत संयोजन रहेको छ । भिडीयोमा ‘द नेक्स्ट ग्रुप’का कलाकारका साथै गायक विश्व नेपाली र सुजाता उपाध्यायको पनि अभिनय हेर्न सकिन्छ । प्रदिप लामा र सुजाता पौडेलको कोरियोग्राफीले भिडियो थप शशक्त बनेको छ । सिरुजल ईभर र ल्याक्स तामाङको छायाँकंन रहेको भिडियोको सम्पादन सीरुजल ईभरले गरेका हुन् । अष्ट्रेलियामा खिचिएको भिडियो यूट्यूब ट्रेन्डिङको ३५ औं नम्बरमा छ । एकहप्ता नपुग्दै गीतलाई ३ लाख १२ हजार भन्दा बढीले हेरीसकेका छन् ।

शास्त्रीय संगीतको गहिरो अध्ययन गरेका गायक विश्व नेपाली हरेक विधाका गीतहरु उत्तिकै कुशलतापूर्वक गाउन सक्नुहुन्छ । २०६७ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगीतामा दोस्रो स्थान ओगट्न सफल गायक नेपालीको स्वरमा दर्जन बढी मनछुने गीतहरु सार्वजनिक भइसकेका छन् ।

२०७० सालमा ‘मुटु सिएर फेरी’ गीतबाट ईमेज अवार्ड हात पारेपछि उहाँको गायकीको थप चर्चा भयो । सबैलाई जित्ने हो ईश्वर पनी, भन के छ बन्दोबस्त, तिम्रो मौन ईशारा, फुल पनि रोजिन लगायतका गीतहरु आमरुपमा रुचाइएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…