Nic

प्रधानमन्त्रीद्वारा पृथ्वी जयन्तीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७ औँ पृथ्वी जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गर्नुभएको छ ।

नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले एकिकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने सन्देशमा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…