Nic

रक्षामन्त्री पोखरेल र डेभिड्सनबीच अमेरिकी सेनाबारे छलफल

काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले बिहिबारदेखि नेपाल भ्रमणमा हुनुहुन्छ ।  डेभिड्सनलेले शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सेना प्रमुख एडमिरल डेभिडसनले रक्षामन्त्री पोखरेलसँग बिहान रक्षा मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो । डेभिडसन नेपालको २ दिने भ्रमणको बिहिबार काठमाडौ आएको हो । उपप्रधान तथा रक्षा मन्त्रीसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति र त्यसमा अमेरिकाले खेल्न सक्ने भूमिकाबारे छलफल भएको छ ।

अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो ।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ । सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभ्रे पाँचखालस्थित नेपाली सेनाको विरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…