Nic

यसरी ल्याइँदैछ पाइपबाट तेल, एक अर्ब ढुवानी बच्ने !

काठमाडौं । नेपाल आयल निगमले अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइनको काम तीव्र भइरहेको जनाएको छ । बस्ती क्षेत्रमा पाइप बिछ्याउने काम सकिएको र वन क्षेत्रमा पाइप गाड्न बाँकी छ । परवानीपुर खण्डमा सडकपेटी नखनी घरहरुको मुनिबाट पाइप बिछ्याइएको छ ।

वैशाखसम्म तेल आपूर्ति गर्ने गरी काम अघि बढेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । बस्ती क्षेत्रको २६ किलोमिटरको काम सकिए पनि अमलेखगञ्जतर्फ काम वनका कारण रोकिएको छ । १० किलोमिटर खण्डमा पाइपलाइन बिछ्याउन ६ हजार ६ सय ५३ वटा रुख काट्नुपर्ने भट्टराईको भनाइ छ । मोतिहारीदेखि रक्सौलसम्म ३२ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ किलोमिटर पाइप गाड्नुपर्ने छ । नेपालतर्फ १० किलोमिटर पाइपलाइनको काम वन मन्त्रालयबाट रुख कटानको अनुमति आउनासाथ अघि बढ्ने उहाँले बताउनुभयो ।

पाइपलाई परियोजना सम्पन्न भएपछि प्रतिघण्टा दुई लाख लिटर डिजेल पदार्थ भित्र्याउन सकिने दावी गरिएको छ । यो पाइपलाइन बिछ्याइएपछि  अमलेखगञ्जबाट ट्यांकरमा डिजेल ओसार्न नेपाली ट्यांकर जानुपर्ने छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…