Nic

परिचय हराउँदै गएको कांग्रेस

आफ्नो झण्डाभित्र रहेका ‘चारवटा ताराहरुमध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतिक हो’ भन्ने स्व.वी.पी.कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरुले स्थापना गरेको नेपाली कांग्रेस पार्टीका आजका हस्तीहरु अब धर्मको आगो सल्काएर राजनीतिको खिचडी पकाउन चाहन्छन् भन्ने त देखिइसकेको छ ।

यो देशको दुःख भनेको राजनीतिक पार्टीहरुले आफ्नो सत्व गुमाउनु हो । ‘कम्युनिष्ट पार्टी’ लेखिएको नाम पाटी(साइनबोर्ड) भित्र कम्युनिष्ट परिचय हराउँदै जानु र ‘नेपाली कांग्रेस’ लेखिएको घरभित्र नेपाल नदेखिनु तथा कांग्रेस भन्ने जिनिस पत्ता लगाउन गाह्रो पर्नु नै यो देशका सारा दुःखको जडी कारण हो भनेर किटानी साथ भन्ने बेला भइसकेको छ । कम्युनिष्ट पार्टीको बारेमा छुट्टै चर्चा आवश्यक छ । यो लेख भने नेपाली कांग्रेसको विश्लेषणमा केन्द्रित छ ।

अहिले कांग्रेसको चर्चा अत्यावश्यक छ । कारण, अब आउने केही दिन नेपालको संसद र सडक ‘नेपाली कांग्रेस’ भन्ने नाम नहटिसकेको तर परिचय विलुप्त हुँदै गैरहेको राजनीतिक दलले तताउने छ । एक प्रकारले भन्ने हो भने देशलाई थप अनिर्णयको बन्दी बनाउनका लागि अब आउने केही दिन नेपाली कांग्रेसले खर्चिने छ, डा.गोविन्द के.सी.को अनसनलाई आधार बनाएर । वैचारिक रुपमा नेपाली कांग्रेस यति कमजोर भएको छ कि उसले अब आफ्नाो गुमेको राजनीतिक धरातल फर्काउनका लागि प्रजातान्त्रिक समाजवाद, देशको राष्ट्रियता, देशको सीमानाको सुरक्षा, लोकतन्त्रको सुदृढीकरण, आम जनताले भोगिरहेको गरिबी, अभाव, बेरोजगारी, युवाहरुको विदेश पलायन, सर्वत्र भ्रष्टाचार जस्ता विषय उठान गर्ने कुरामा विश्वास गर्दैन । यसो भन्न सकिन्छ कि यी विषयहरु उठाएर नेपाली राजनीतिमा आफ्नो पकड बढाउन सकिन्छ भन्ने विश्वास नेपाली कांग्रेसले गुमाइसकेको छ । यस पार्टीले भरोसा गर्नु पर्ने नेताहरुले वैचारिक–राजनीतिक–आर्थिक मुद्दा हैन धार्मिक मुद्दा उठाएर आफूलाई बलियो बनाउने सोच अगाडि सारेका छन् । आफ्नो झण्डाभित्र रहेका ‘चारवटा ताराहरुमध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतिक हो’ भन्ने स्व.वी.पी.कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरुले स्थापना गरेको नेपाली कांग्रेस पार्टीका आजका हस्तीहरु अब धर्मको आगो सल्काएर राजनीतिको खिचडी पकाउन चाहन्छन् भन्ने त देखिइसकेको छ । वी.पी.कोइरालादेखि गिरिजा कोइरालासम्मका लागि अन्तर्राष्ट्रिय नेताहरुमा एडवर्ड बर्नस्टिन, महात्मा गान्धी, जवाहरलाल नेहरु, जयप्रकाश नारायणजस्ता प्रजातान्त्रिक नेताहरु आदर्श थिए भने अब अहिलेका कांग्रेसहरुका लागि महात्मा गान्धीका हत्यारा नाथुराम गोडसे आदर्श हुने खतरा देखिँदैछ ।

नाथुराम गोडसेले गान्धीको हत्या गरिसकेपछि जेलमा बस्दा एउटा पुस्तक लेखेको थियो ‘मै ने गान्धी बध क्यों किया ?’ (मैले गान्धीको हत्या किन गरें) भन्ने शीर्षकमा । कुतर्क गर्नमा विद्वताको कसरी दुरुपयोग गर्न सकिन्छ भन्ने बुझ्नका लागि यो पुस्तक पढ्दा हुन्छ । लोकतन्त्र, मानवता, प्रगतिशील राष्ट्रियता जस्ता वैचारिक विषयमा सामान्य जानकारी तथा प्रतिवद्दता नभएको कुनै हिन्दूले त्यो पुस्तक पढ्यो भने उसभित्र धार्मिक उन्माद भरिने र ‘नाथूरामले गान्धीको हत्या गरेर भारत जोगाएका रहेछन्’ भन्ने भ्रम सिर्जना हुनसक्छ । हिन्दूहरुलाई त्यसरी उत्तेजित बनाउने गरी लेखिएको छ त्यो पुस्तक । के अब नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई नाथूरामको पुस्तक नेपाली भाषामा अनुवाद गरेर वितरण गर्न खोजेको हो ? युरोपियन युनियनको सहयोगमा नेपालमा उचाल्न खोजिएको एकथरी जातिवाद र अमेरिकी योजनामा अगाडि बढाउन खोजिएको सी.के.राउत एण्ड कम्पनीले थिलोथिलो पारिएको देशलाई अब अर्कोे ‘हिन्दुत्व’ नामको आगो झाेस्ने हो ? हामीलाई आफ्ना मौलिक परंपरा, संस्कार र संस्कृतिमाथिको बाह्य हमला र आक्रमणले चिन्तित अवश्य बनाएको छ तर त्यसको प्रतिवाद धार्मिक उन्माद उचालेर, धेरै दुःखले आर्जेको संविधान च्यातेर गर्न सकिन्न भन्ने हेक्का पनि कांग्रेसी नेताहरुमा हराउनु ज्यादै विडम्बनापूर्ण छ ।

नेपाली कांग्रेसका नेताहरुले भारतीय जनता पार्टीबाट सिकेका होलान् भनेर सहज आकलन गर्न सकिन्छ । के नेपाली कांग्रेसले आधिकारिक रुपमै, पार्टीको मूल एजेण्डा बनाएर आफूलाई भा.ज.पा.को राजनीतिक लाइनमा उभ्याउन खोजेको हो ? भित्री मनसाय त्यही देखिन्छ ।

धर्मको नारा उचालेर देशमा अत्यधिक बहुसंख्यामा रहेका हिन्दूहरुको धार्मिक संवेदना उत्तेजित पारिसकेपछि आउने चुनावमा सजिलै गुमेको सत्ता फर्काउन सकिन्छ भन्ने कुरा नेपाली कांग्रेसका नेताहरुले भारतीय जनता पार्टीबाट सिकेका होलान् भनेर सहज आँकलन गर्न सकिन्छ । के नेपाली कांग्रेसले आधिकारिक रुपमै, पार्टीको मूल एजेण्डा बनाएर आफूलाई भा.ज.पा.को राजनीतिक लाइनमा उभ्याउन खोजेको हो ? भित्री मनसाय त्यही देखिन्छ । प्रजातान्त्रिक समाजवादको ठाउँमा हिन्दुवाद नेपाली कांग्रेसको दीर्घकालीन एजेण्डा बन्दै छ भन्ने आधारहरु प्रयाप्त मात्रामा देखिएका छन् तर तत्कालका लागि वर्तमान सरकार र नेकपासंग भिडन्त गर्नका लागि उसले डा.गोविन्द के.सी.लाई ठूलै तोपको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने ठानेको छ । तोपलाई पटक पटक भर्दै पडकाउँदै गर्न सकिन्छ । अब कांग्रेसको अगाडि उसको पहिचान खोतल्ने अर्को प्रश्न आउँछ– अर्थतन्त्रसम्बन्धी उसको आधारभूत विचार के हो ? स्वतन्त्र खुला बजारको नीति हो वा नियन्त्रित बजारको नीति हो ? यदि नेपाली कांग्रेस स्वतन्त्र बजार अर्थतन्त्रको हिमायती हो भने उसले डा.गोविन्द के.सी.का मागलाई समर्थन गरेर देशमा अराजकता र थप द्वन्द्व निम्त्याउन मिल्दैन ।

नेपाली कांग्रेसका घाँटी अँठाउने अर्को प्रश्न पनि छ– अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारे यस पार्टीको नीति के हो ? के नेपाली कांग्रेस शैक्षिक क्षेत्रबाट निजी क्षेत्रलाई हटाउन चाहन्छ ? यदि साँच्चिकै नेपाली कांग्रेसको आर्थिक चिन्तनमा मोड वा टर्निङ प्वाइन्ट आएको हो र उसले निजी क्षेत्रलाई शैक्षिक क्षेत्रमा लगानी गर्नबाट रोक्न खोजेको हो भने प्रष्टढंगले भन्नु पर्यो । समग्र शैक्षिक क्षेत्र होइन, मेडिकल साइन्स शिक्षामा निजी क्षेत्रलाई प्रवेश निशेध गर्न खोजेको हो भने पनि प्रष्टढंगले भन्नु पर्यो । त्यसो हो भने अहिले भएका निजी लगानीबाट सञ्चालित मेडिकल कलेजहरु राष्ट्रियकरण गर्ने माग अगाडि सार्नु पर्यो । राजनीतिमा हुनु पर्ने अति सामान्य नैतिकता र विश्वसनीयता पनि नेपाली कांग्रेसले नमान्ने हो भने छुट्टै कुरा हो, होइन भने दोहोरो मापदण्ड कायम गर्न पाइन्न ।

अर्थतन्त्र सञ्चालन सम्बन्धी अर्को प्रश्न पनि छ । नेपाली कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्छ कि सिण्डिकेटमा ? यदि प्रतिस्पर्धामा विश्वास गर्ने हो भने देशमा रहेका सीमित मेडिकल कलेजहरुका ठाउँमा धेरै मेडिकल कलेज हुँदा नै बजारको नियम अनुसार मूल्य (यस सन्दर्भमा विद्यार्थीहरुबाट लिइने शुल्क) नियन्त्रण हुन जाने छ । होइन, पुराना मेडिकल कलेजहरुको सिण्डिकेट कायम रहन दिने हो भने नयाँलाई प्रवेश निषेध भन्नु पर्यो । कलेज मात्रै किन ? निजी लगानीका अस्पताल रहन दिने कि नदिने ? केही सीमित स्वार्थी तत्वहरुले डा.गोविन्द के.सी.को आडमा आमजनमतको भावनात्मक शोषण (सेन्टिमेन्टल ब्ल्याक मेलिङ) गरिरहेका छन् । जनता सस्तो, शुलभ उपचार चाहन्छन्, आफ्ना छोराछोरीहरुलाई देशभित्रै पढाउन चाहन्छन् । गहिरिएर विश्लेषण गर्दा यी दुबै कुराको विरुद्धमा गोविन्द के.सी.एण्ड कम्पनी छ । किन भने निजले भनेजस्तो ताप्लेजुङ वा जुम्लामा मेकिडकल कलेज खोल्नलाई सरकारलाई दबाब दिँदा निजीलाई किन रोक्नु पर्यो ? विद्यमान अवस्थामा साधन श्रोतले भेट्छ भने सरकारी लगानीमा मेडिकल कलेज खोल्नका लागि दबाब दिने मागलाई खुला दिलले समर्थन गर्न सकिन्छ तर यो माग गरिरहँदा निजी क्षेत्रलाई किन निषेध गर्नु पर्यो ?

अर्को यक्ष प्रश्न पनि छ, के नेपाली कांग्रेस शिक्षा नियोजनको पक्षमा छ ? डा.गोविन्द के.सी.को निरन्तरको भनाइ छ¬ देशलाई कति डाक्टर चाहिन्छ त्यति मात्रै पढ्ने कोटा कायम गर्नु पर्यो । यसो भनेर वहाँ आफैंले यति कोटा चाहिन्छ पनि भन्न सक्नुभएको छैन । यस्ता कुतर्कका पछाडि लाग्ने हो भने त कति अर्थशास्त्री चाहिन्छन्, त्यति मात्रैलाई पढाउनु पर्यो, कति ब्यवस्थापक चाहिन्छन् त्यति कोटामा मात्रै ब्यवस्थापन संकायमा विद्यार्थी भर्ना गर्नु पर्यो । हरेक वर्ष लोकसेवामा कति जागिर खुल्छ, त्यति कोटामा मात्रै विद्यार्थी भर्ना गर्नु पर्यो । अनि मानिसको पढ्न पाउने स्वतन्त्रताको हनन गर्नु पर्यो र जागिर पाइने कोटाभन्दा बाहिर पर्नेजतिलाई देशभित्र या बाहिर जहाँ गए पनि कुल्लिको काम मात्रै गर भन्नु पर्यो !

नेपाली कांग्रेसले गोविन्द के.सी.को मागलाई समर्थन गरेर अराजकता मच्चाउनु अघि यो प्रश्नको पनि जवाफ दिनु पर्यो– नेपाली कांग्रेसले लोकतान्त्रिक प्रणालीलाई मान्छ कि मान्दैन ? उसले संसदीय सर्वोच्चताको सिद्धान्तलाई मान्छ कि मान्दैन ? नेपाली कांग्रेसको नजरमा एक व्यक्तिको हठका अगाडि जनप्रतिनिधिहरुले झुकिदिनु पर्ने कुरा ठीक हो कि होइन ? लोकतन्त्रको आधारभूत मर्म भनेको जनप्रतिनिधि संस्थाको सर्वोच्चता स्विकार्नु हो । डा.गोविन्द के.सी. बाल हठ देखाउँदै लोकतन्त्र सिध्याउने उपायमा लाग्नु भएको छ । व्यक्तिगत रुपमा को कस्तो छ, साधु छ कि अर्कै छ, त्यागी छ कि छैन भन्ने कुरा व्यक्तिको मूल्यांकनका लागि काम लाग्ने विषय हो । जतिसुकै त्यागी व्यक्ति भए पनि उसले लिएका नीतिहरु गलत छन् भने तिनलाई समर्थन गर्न सकिन्न ।

तथ्य नबुझी कतिपय मानिसहरु डा.गोविन्द के.सी.का भक्त भएका छन् । केही मिडियाहरुको डा.गोविन्द के.सी.ज्यूप्रतिको भक्तिभाव रहस्यमय नै छ । वहाँको समर्थनमा कुतर्कको खेती नै शुरु गरिएको छ । कतिपय व्यक्तिहरुका मनका भावना निर्दोष छन् र ‘हो त नि डा.गोविन्द के.सी.ले राम्रै माग त उठाउनु भएको छ नि’ भन्ने तर्क गरिरहेका छन् तथा डा.गोविन्द के.सी. गलत बाटोमा हुनुहुन्छ भन्नेलाई सराप्न सम्म सराप्छन्, अनेकथरी उपनाम भिराउँछन् । डा.गोविन्द के.सी.का कुरामा, मागमा कुनै निरन्तरता वा स्थिरता छैन ।

तथ्य नबुझी कतिपय मानिसहरु डा.गोविन्द के.सी.का भक्त भएका छन् । केही मिडियाहरुको डा.गोविन्द के.सी.ज्यूप्रतिको भक्तिभाव रहस्यमय नै छ । वहाँको समर्थनमा कुतर्कको खेती नै शुरु गरिएको छ । कतिपय व्यक्तिहरुका मनका भावना निर्दोष छन् र ‘हो त नि डा.गोविन्द के.सी.ले राम्रै माग त उठाउनु भएको छ नि’ भन्ने तर्क गरिरहेका छन् तथा डा.गोविन्द के.सी. गलत बाटोमा हुनुहुन्छ भन्नेलाई सराप्न सम्म सराप्छन्, अनेकथरी उपनाम भिराउँछन् । डा.गोविन्द के.सी.का कुरामा, मागमा कुनै निरन्तरता वा स्थिरता छैन । हिजो सत्तामा छँदा वहाँ नेपाली कांग्रेसका नेतालाई तथानाम भन्नुहुन्थ्यो, आज नेकपाका नेताहरुलाई मनपरी भनिरहनुभएको छ । कुनै पनि सत्याग्रहीले ध्यान दिनु पर्ने कुरा हो– उ दुर्वचन बोल्दैन । तर गोविन्द के.सी. कस्तो भाषा प्रयोग गरिरहनु भएको छ त ? सुन्दा पनि लाज लाग्छ । अघिल्लो पटक शेरबहादुर देउवाजी प्रधानमन्त्री भएका बखत पनि डा.गोविन्द के.सी. अनसन बस्नु भएको थियो । पत्रकारहरुले शेरबहादुरजीसमक्ष यसखाले जिज्ञासा राखे– ‘प्रधानमन्त्रीज्यू, डा.गोविन्द के.सी.को त प्राण नै जान लाग्यो । तपाईं के गरिरहनुभएको छ ?’ शेरबहादुरजीले यसखाले जवाफ दिनु भएको थियो– ‘कोही नचाहिँदो जिद्दी गरेर मर्छ भने म के गर्न सक्छु बाबा ?’ कसैको मृत्युको कामना गर्नु ज्यादै नराम्रो कुरा हो । तर यहाँनिर नेपाली कांग्रेससंग प्रश्न छ– आफू सत्तामा हुँदा चाहिँ मृत्युको कामना गर्ने तर सत्ताबाट हट्ने वित्तिकै त्यही व्यक्तिको फेर समातेर देशमा अराजकता मच्चाउन चाहने कुरा कत्तिको ठीक हो ? एउटा लोकतान्त्रिक पार्टीले यस्तो दोहोरो चरित्र देखाउन मिल्छ कि मिल्दैन ?

नेकपाको सरकारसंग प्रतिस्पर्धा गर्नका लागि नेपाली कांग्रेसले तमाम राजनीतिक मुद्दा उठाउन सक्छ, जनजिवीकाका विषयहरु उठाउन सक्छ, सुशासन र भ्रष्टाचारका मुद्दा उठाउन सक्छ । ती कुराहरुले उसलाई दीर्घकालिन फाइदा हुनसक्ने छ । आफ्नो परिचय कायम राख्नु नै कुनै पनि राजनीतिक दलको दीर्घजीवनका लागि आवश्यक छ । आफ्नै मान्यताका विरुद्ध लागेर नेपाली कांग्रेसले आफ्नो परिचय नगुमाओस् । अरु के भन्न सकिन्छ र ?

केही सीमित स्वार्थी तत्वहरुले डा.गोविन्द के.सी.को आडमा आमजनमतको भावनात्मक शोषण (सेन्टिमेन्टल ब्ल्याक मेलिङ) गरिरहेका छन् । जनता सस्तो, शुलभ उपचार चाहन्छन्, आफ्ना छोराछोरीहरुलाई देशभित्रै पढाउन चाहन्छन् । गहिरिएर विश्लेषण गर्दा यी दुबै कुराको विरुद्धमा गोविन्द के.सी.एण्ड कम्पनी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…