Nic

राष्ट्रपतिद्वारा पृथ्वीनारायणको सम्झना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औं पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गर्नुभयो ।

त्यस अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुग्नुभएको थियो ।

यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका सङ्घसंस्थाको बाजागाजासहितको ¥यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो । ¥यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…

काठामाडौं । वलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर…

जोसेफ शाही काठमाडौं । नेपाली लोक गीत संगीत सुन्नेवित्तिकै जो कसैलाई नाँचु–नाँचु लागिहाल्छ, कम्मर भाँचु–भाँचु लागिहाल्छ । फरक यति हो…

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह…