मोबाइलको ब्याट्री पड्किएर अमितको मृत्यु

विनु तिम्सिना
मोरङ । विराटनगर महानगरपालिका–१५ बस्ने सुभाष मण्डलको ११ वर्षीय छोरा अमित मण्डलको मोवाइलको ब्याट्री पड्कँदा मृत्यु भएको छ ।

सोही स्थानका राजेश मण्डलको ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । दिउँसो १ बजेको समयमा दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापीरहेको र आगो ताप्ने क्रममा उनीहरुले नै बाटोमा भेट्टाएको मोवायलको ब्याट्री आगोमा हाल्दा पड्कन गई दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । अर्का घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…