कोठामा बोलाएर करणी गर्ने ४ पक्राउ

नारायण थापा
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ बस्ने किशोरीमाथि करणी भएको छ । उदयपुर त्रियुगा नगरपालिका–८ घर भएकी १५ वर्षीया किशोरीमाथि करणी भएको हो । उनी काठमाडौं बस्दै आएकी थिइन् । उनलाई आफ्नो कोठामा बोलाई ४ जनाले जबरजस्ती गरेका थिए ।

पक्राउ पर्नेमा उदयपुर घर भई हाल गठ्ठाघर डेरा गरी बस्ने वर्ष २५ का शिवजी भनिने रिपुमर्दन बस्नेत, जिल्ला रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने वर्ष १८ को प्रवेश बस्नेत, सोही ठाउँका वर्ष १८ को सुशान्त खड्का र बर्ष १८ कै सुशील कार्की रहेका छन् । उनीहरुले दिउँसो करणी गरेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले चारै जनालाई नियन्त्रणमा लिएको छ ।

हाल जिल्ला अदालत भक्तपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…