Nic

पत्रकारिताको मूल मर्म, प्रवृत्ति र जनता

पत्रकारिता सुशासनको लागि गरिन्छ । जनताको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व पत्रकारिताको हो । विचार र दृष्टिकोणको प्रवाह गर्ने, चित्त नवुझेकाहरुको भनाई समट्ने र अन्यायमा परेकाहरुको आवाजलाई मुखरित गर्ने पेशा नै पत्रारिताको हो । त्यसैले भनिन्छ पत्रकारिता आवाज विहीनहरुको आवाज हो । निमुखाहरुको सहारा हो, वेथिति विकृति विसंगतिविरुद्ध पहरेदार हो ।

सिद्धान्ततः पत्रकारिताले जनताको वोली वोल्नुपर्छ । जनताको भावनालाई मुखरित गर्नुपर्छ । भिन्न विचार र दृष्टिकोणको स्वतन्त्र प्रवाहवाट नयाँ विचार र सोचको निर्माण गर्ने काममा सहयोग गर्नु पर्छ । निष्पक्ष, तटस्थ र तथ्यमा आधारित सूचनाले मानिसको विचार र दृष्टिकोण निर्माणको काम गर्नु पर्दछ । तर विश्वभर पत्रकार र सञ्चार व्यवसायीबीच द्धन्द छ । पत्रकारितामा प्रशस्त आम्दानी हुने संभावन देखेर व्ष्वसायीले समेत यसमा लगानी गर्ने क्रम बढ्दै गएको छ । बढी मुनाफाको लाचना र बिगिएको छवि सुधार्ने मनसायले पनि व्यवसायीहरु पत्रकारितामा लागनी गर्न चाहन्छन् । पत्रकारिता त्यस्तो लगानी व्याप्त मात्रामा घुसेको मात्र होइन, मौलाएको छ त्यसले पत्रकारिताको मूल मर्म र भावनाथि क्षति पु¥याउने खतरा बढेको छ ।

नेपालमा २०४६ सालअघि पत्रकारिताको खास्सै विकास र विस्तार हुन सकेको थिएन । मिसन पत्रकारिताले प्रमुखता पायो । सरकार र तत्कालीन व्यवस्थाको पक्ष र विपक्षमा लेख्ने क्रम तीव्र रह्यो । त्यसवेलाको पत्रकारिताको प्रवृत्ति अहिले सम्म पनि फैलदै आयो र हामी त्यति क्रमलाई पच्छाउदै सरकारको पक्ष र विपक्षमा विभक्त हुने गर्दछौ । एकखाले सञ्ंचार माध्यम सरकारको नराम्रो मात्र देख्ने र अर्को खाले संचार माध्यम राम्रो मात्रै देख्ने प्रवृत्तिमा आउन नसकेको परिर्वतन यहि हो ।

विश्वव्यापी मान्यता र चुनौति
विश्वव्यापी रुपमा सञ्चार माध्यममा दुईखाले प्रभाव हुन्छ भनिन्छ । पहिलो राजनीतिक र दोश्रो व्यापारिक प्रभाव । यो दुई प्रभाववाट मुक्त नभई सञ्चार माध्यम निष्पक्ष र तटस्थ हुन सक्दैनन् भन्ने मान्यता छ । राजनीतिक प्रभावयुक्त सञ्चार माध्यमले आफ्नो निकट राजनीतिक दल, विचार र दृष्टिकोणको पृष्ठपोषण गर्ने र अन्यको विरुद्धमा समाचार तथा सूचना सम्प्रेषण गर्छन् । जसले निष्पक्ष र तटस्थ सूचना प्राप्त गरी स्वतन्त्र विचार र दृष्टिकोण निर्माण गर्ने जनताको अधिकार कुण्ठित हुन्छ ।

दोश्रो व्यापारिक उदेश्यले खुलेका सञ्चार माध्यम जसमा लगानी गरेपछि मुनाफाको उदेश्य राखिएको हुन्छ । लगानीको प्रतिफल प्राप्त हुनुपर्ने र प्रतिफल प्राप्त नहुँदा उसको निरन्तरतामै प्रश्न उठ्ने भएकोले यो स्वाभाविक मानिन्छ । तर वढी प्रतिफलका लागि पत्रकारितामा अतिरन्जना गर्ने, विषयवस्तुमाथि सौदावाजी गर्ने प्रवृत्ति समेत देखा परेको छ । त्यो प्रवृत्ति नेपाली पत्रकारितामा लामो समयदेखि देखा परेको छ र मौलाउँदो अवस्थामा छ । कतिपय सञ्चार माध्यमले व्यापारिक घरानालाई दुःख दिने र पछि सौदावाजी गर्ने गरेको दृष्टान्त नेपालमै कैयन छन् । यी पत्रकारिता क्षेत्रका मुख्य मान्यता र चुनौति हुन् ।

चुनौतिको समाना
चुनौति आउनु सामान्य हो । त्यसको समाना गर्नु अहिलेको मुख्य चुनौति हो । यी चुनौतिको सामनाका लागि विश्वमा अहिले पत्रकारिताको क्षेत्रमा दुईवटा नयाँ विकल्प अघि सारिएको छ । पहिलो विकल्पको रुपमा जनताको सूचना पाउने हकको रक्षाकालागि राज्यले नै निश्पक्ष, तटस्थ, र स्वतन्त्र सूचना पाउने व्यवस्था मिलाउने । त्यस्तो सूचनामा सवै जनताको पहुँच गराउने, त्यस्तो सूचना सम्प्रेषण गर्ने संस्था कानूनी र आर्थिक रुपमा स्वायत्त हुने व्यवस्था मिलाइएको हुन्छ । विश्वभर सार्वजनिक प्रसारण संस्थाको रुपमा विकास भएका यस्ता संस्थामा राज्यले लगानी गर्छ र स्वतन्त्र निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने प्रत्याभुति गरिएको हुन्छ ।

त्यस्ता संस्था संचालनमा विज्ञापनको कुनै भूमिका नहुने र राज्यकोषवाटै सिधा लगानी गरि स्वायत्त निकाय वनाउने विधि लामो समयदेखि हुदै आएको छ । नेपालमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभी सार्वजनिक प्रसारण सेवाको रुपमा संचालन गर्ने अवधारणा यसैको सन्दर्भमा आएको हो । यसो गर्दा सत्तारुढ दलको प्रभाव र दवाववाट सरकारी संचार माध्यम मुक्त हुने र स्वतन्त्र निष्पक्ष सूचना पाउने जनताको हक प्रत्याभुत हुने गर्छ । साथै उनीहरुलाई आत्मनिर्भर वन्नुपर्ने वाध्यताका कारण व्यापारिक घरनाको प्रभाववाट समेत मुक्त गर्न सकिन्छ भन्ने अवधारणामा यो बिषय अगाडि आएको छ ।

दोश्रो सञ्चार माध्यममा हुने लगानीको पादर्शिता । यतिवेला विश्वभर ठूला व्यापारिक घरानाको सञ्चार क्षेत्रमा लगानी छ । उनीहरु या त मुनाफाकालागि लागि पर्छन् । या विषयवस्तुमा सौदावाजी गर्न सक्छन् भन्ने मान्यता छ । यस्तो प्रवृत्ति रोक्न सहकारी वा ट्रष्टमार्फत सञ्चार माध्यममा लगानी आउन दिने प्रवृत्तिको बिकास हुदै आएको छ । एकल लगानी नगरी सामूहिक लगानीमा संचार माध्यम आउने वातावरणको श्रृजना गर्न सके एकल लगानीका विकृतिलाई रोक्न सकिन्छ ।

जनतासंगको यात्रा
माथिका दुई बिकृतिवारे अध्ययन गर्नेहरुका लागि जनता प्रसारण तथा प्रकाशन लिमिटेड एक गौरवको बिषय हो । सरकार नियन्त्रित सञ्चार माध्यमलाई सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने मेरो लामो प्रयास आफै महाप्रवन्धक भएकै वेला सरकारको नीति तथा कार्यक्रममा पार्न सफल भए । केहि समय लागेपनि यो अवधारणाबाट अबका सरकार पछि फर्कन सक्ने अवस्था छैन । अहिले ऐन ड्राफ्ट भएको र प्रक्रियामा रहेकोले केहि वर्षभित्र त्यो कार्य पूरा होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

दोश्रो सार्वजनिक लगानीमै निजी क्षेत्रवाट लगानी गरेर संंचार माध्यमलाई निष्पक्ष र तटस्थ वनाउन सकिन्छ भन्ने अवधारणामा यतिवेला क्रियाशील हुने अवसर्र मिलेको छ । करिव १ हजार २ सय भन्दा वढी शेयर सदस्य रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडको नेतृत्व लिन पाउँदा मलाई गौरव छ । नेपालमा निजी लगानीमा यति धेरै शेयर सदस्य रहेको र भविश्यमा आईपिओमा जाने उदेश्यका साथ यो संस्था खुलेको छ । आईपियोमा जाँदा र सर्वसाधारणलाई शेयर निष्काशन गर्दा यसका शेयर सदस्य लाखौ हुनेछन् । प्रत्येक जनताले यो मेरो रेडियो, टेलिभिजन वा अन्य माध्यम हो भन्ने गर्व गर्न पाउनेछन् । लाखौ व्यक्तिको स्वामित्व हुने, उनीहरुले आम्दानी र खर्च हेर्न सक्ने, उनीहरुकै भावना अनुरुप संचालन हुने यो संस्था साच्नै जनताका लागि जनताद्धारा भन्ने हाम्रो मूल नारा मुताविकको हुनेछ ।

जनताको भावना, विचार र दृष्टिकोण अनुसारनै हामी जनता प्रसारण तथा प्रकाशन लिमिटेडलाई संचालन गर्ने छौ । यो संस्थाको मालिक साँच्चै आम नेपाली हुनेछन् । हामी यो संस्थालाई राजनीतिक र व्यापारिक दवाव र प्रभाववाट मुक्त राखि साच्चै जनताको भावना अनुसार संचालन गर्ने प्रयासमा छौ । नेपालमा थालिएको यो नयाँ प्रयासले नेपाली सञ्चार माध्यममा नयाँ पाटोको शुरुवात हुनेछ । प्रत्येक वर्ष हुने साधारणा सभामा हामीलाई हाम्रा शेयरधनी हजारौ लागनीकर्ताले खवरदारी गरिरहनु भएको छ । गरिरहनु हुनेछ । शेयरधनीमा अहिलेसम्म ६३ जिल्ला समेटिएको छ । आगामी दिनमा त्यसलाई ७७ वटै जिल्ला पुर्याउने योजना छ । शेयरधनी लाखौको संख्यामा पु¥याउन र आफ्नो स्वामित्व ग्रहण गराई साच्चै जनताकालागि सेवा गर्ने प्रणका साथ आएका छौ । हाम्रो दोश्रो साधारण सभावाट प्रारम्भ भएको जनतासमाचार डट कमले दुई वर्ष पूरा गरी तेश्रो वर्षमा लागेको छ । यो हाम्रो पहिलो समाचार पोर्टल थियो ।

त्यसको ६ महिनापछि हामीले जनता टेलिभिजन संचालनमा ल्यायौ । अहिले रेडियो जनता संचालनमा ल्याएका छौ । प्रकाशनवाट प्रारम्भ भएको हाम्रो यात्रा २ वर्ष पूरा हुँदा अनलाईन, टेलिभिजन हुँदै रेडियोसम्म पुगेको छ । यसलाई देशव्यापी वनाउदै हामी निरन्तर जनताको पक्षमा हुनेछ । हाम्रो यात्रा हामी अविराम र अनुकरणीय लाग्नेछौ । हामीलाई सवैको साथ र सहयोगको खाँचो छ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने निर्णय गरेको…

समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का रञ्जित साहले भन्सार छलेर ल्याएको समाजमा बार्गेनिङ गर्दा प्रहरी हवल्दार अशोककुमार यादव पक्राउ परेका…

काठमाडाैं । पूर्वशिक्षामन्त्री डिआर पौडेलको परिवारमा एकपछि अर्को बज्रपात भएको छ । पौडेलको दाजुको निधन भएको महिनादिन नपुग्दै डिआरको पनि…

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

गुठीसम्बन्धी कानुन एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५ को व्यापक विरोध हुँदै आएको पनि समाचारमा विश्लेषण गरिएको छ ।