अनलाइनकारिताले सिकाएको पत्रकारिता !

नेपालमा अहिले अनलाइन पोर्टल धेरै खुलेका छन् । निश्चित औँलामा गन्न सकिने बाहेकका अनलाइन आफ्नो व्यापार व्यावसायमा लिप्त छन् । व्यापार गर्नु नराम्रो होइन तर भ्रामक समाचार सम्प्रेषण गरेर भिजिटर बढाउने वहानामा गरिएको पत्रकारिता कालान्तरमा जटिल बन्नेछ । कैयौँ अनलाइनको दिनचर्या यस्तै बनेको छ । मानिसलाई दुविधामा पारेर गरिएको पत्रकारिताले नयाँ पिढीलाई असर पारेको छ । अहिलेको युगमा मानिसलाई सूचना लिन गाह्रो छैन । तर सही सूचना लिन निकै गाह्रो बनेको छ ।

सबैका हात–हातमा भएका मोबाइल फोनहरुमा वाइफाई र डाटा झुण्डिएकै छन् । फुर्सद होस् या बेफुर्सदी इन्टरनेटको पहुँचबाट टाढा बिरलै भेटिन्छन् । अहिलेको युवा पुस्तालाई त इन्टरनेट लत बनेको छ । विभिन्न बाहानामा सबै मानिस फेसबुक, गुगल, इंस्टाग्राम, ट्वीटरमा जोडिएका छन् । सूचना लिन सजिलो बनेका छन् यी सञ्जाल । यिनै सञ्जालमा आएका सूचना नै गलत भएपछि पाठक र दर्शकलाई दुविधामा पार्ने गर्छ । अहिले अनलाइनका एडमिन लिनेको संख्या निकै बढेको छ । एकै जनासँग दुई, तीन एडमिन छन् । यसको उद्देश्य पत्रकारिता गर्ने या एडमिन बन्द भएपछि अरुलाई बेच्ने हो । भएका अनलाइन व्यवस्थित नभएकै बेला दिनप्रतिदिन च्याउ उम्रिए जस्तै खुलिरहेका अनलाइनले अहिलेको पिढीलाई अन्याय गरेको छ । गलत सूचनाको सिकार भएका छन् ।

घरमा बसेका गृहणीहरुले शेयर गर्छन्–‘यो पोष्ट शेयर गरेमा १० लाख तपाईंको खातामा आउने छ ।’ ‘देख्ने बित्तिकै लाइक गर्नुहोस् मनोकामना पुरा हुनेछ ।’ फेसबुकमा मात्रै लेखिने यी स्टाटस अहिले अनलाइन मार्फत् आउने गर्दछन् । ‘व्यापक शेयर गरौ, यहाँ यस्तो भाइरल भयो’ यावत् बिषयले सबैलाई दिक्क बनाएको छ । मनले मान्दैन एक क्लिक गर्नैपर्छ । अनलाइन सञ्चालकको एक भिओर बढ्यो, हेर्ने मानिसलाई हैरानी मात्रै । त्यहाँ उसलाई पढ्ने, जीवनमा काम लाग्ने कुनै सामाग्री भेटिदैन् । अहिले त शीर्षक एक, समाचार अनेक गर्ने प्रवृत्तिको हाबी भएको छ । आकर्षक हेडलाइन राखेर भित्र अर्कै प्रशंग राखेका धेरै समाचार भेट्न सकिन्छ ।

एक वर्षको अनुभवः
जनता समाचार डटकममा आवद्ध भएको एकवर्ष पुग्न लागेको छ । हाम्रो अनलाइन अहिले नेपालमा पढिने अनलाइनको १८ औँ नम्बरमा रहेको छ । यो अनलाइन १८ औँ नम्बरमा ल्याई पु¥याउन संस्थामा आवद्ध, जिल्लाका साथीहरु लगायत सबैको साथ र सहयोग रहेको छ । जनतालाई सही सूचना दिनुपर्छ भन्ने हेतुले खोलिएको जनता समाचार डटकमले हरेक बिषयलाई प्रगतीशील तवरले समेट्ने गर्दछ । हाम्रो अनलाइनमा प्रकाशित भएका हरेक सामाग्री भेरिफिकेसनमा आधारित छन् । कुनै समाचारको हामी पहिलो स्रोत नभएपनि दोस्रो स्रोत पक्कै बनेका छौँ । सकेसम्म हामी धेरै समाचारको पहिलो स्रोत नै छौँ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा आवद्ध भएदेखि आफूले गर्ने पत्रकारिताको उचाइ बढेको छ । पत्रकारितामा गर्नुपर्ने बिषय समय–समयको तालिम र परामर्शले अझै सशक्त बन्दै गएका छन् । विगत ५ महिनायता जनता समाचार डटकमका सामाग्री धेरै परिवर्तन भएका छन् । अनलाइनले गति लिएको छ । जनता समाचार डटकममा जनता रेडियो सुन्न र टेलिभिजन हेर्न सकिने भएकालेपनि भिजिटरको संख्यामा केही राहत भएको छ । हामीले दिएका बिषयवस्तु पाठक र दर्शक मन पराएका छन् । अझै हामी बिषयलाई प्रधान ठान्दै लैजाने छौँ ।

हामी अरुभदा फरक
जनता समाचार डटकम अरु अनलाइन भन्दा पक्कै फरक छ । हामी गाउँदेखि केन्द्रसम्मका बिषयवस्तुलाई समाचारका माध्यमबाट प्राथकिमताका साथ प्रकाशन–प्रसारण गर्दछौँ । समाचार हाम्रा लागि साना हुँदैनन् । देशको ७७ औटै जिल्लामा छरिएर रहेका हाम्रा संवाददाताले पठाएका समाचारहरु जनता समाचार डटकममा प्राथमिकताका साथ प्रकाशित छन् । अबका दिनमा अनलाइनले अझै गति लिने कुरामा विश्वस्त छु । हाम्रो अनलाइनमा पढ्न, हेर्न र सुन्न सकिन्छ । प्रस्तुत गरिएका बिषय प्रगतीशील माध्यमबाट प्रकाशित छन् । जसले समाजलाई सही सूचना दिनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…